पाेखरामा युवतीलाइ जिस्काएकाेभन्दै प्रहरीले तीन युवालाइ पक्राउ


पाेखरा, ११ भदाै-

पाेखरा उपमहानगरपालिका वडा नं १५ चोरसाँघु स्थित सडकमा युवतीलाइ जिस्काएकाे भन्दै प्रहरीले तीन युवालाइ पक्राउ गरेकाे छ ।

सडकमा क्यारेमबोर्ड खेलेर बसेका ति युवाले कलेज पढेर घर फर्किंदै गरेकी युवतीलाई अपशब्द प्रयोग गरी जिस्काएको भन्दै वडा प्रहरी कार्यालय रामबजारबाट खटीएकाे प्रहरी गएकाे प्रहरी टाेलीले पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा साेही स्थान बस्ने २० बर्षिय हाेमवहादुर जलारी, १९ बर्षिय सन्ताेष जलारी र अनिल कुमाल रहेका छन् । युवाहरुलार्इ केही सार्वजनिक अपराध तथा सजांय ऐन २०२७ अन्तर्गत मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।