ओमिक्रोन भेरियन्टको त्रास: क्याटालोनियाका रात्रीकालिन कर्फ्यू लगाईदै


स्पेनको क्याटालोनियामा बिहिबारदेखि रात्रीकालिन कर्फ्यूसहित प्रतिबन्ध लगाईने भएको छ। कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रण गर्न भन्दै क्याटालोनियामा राति १ बजे देखि विहान ६ बजेसम्म कर्फ्यू लगाइने घोषणा गरिएको हो। 

दुई हप्ताका लागि लगाईने प्रतिवन्धमा बार तथा रेष्टुरेन्ट भित्र ५० प्रतिशतमात्र ग्राहक राख्न पाईने भएको छ। १० जना भन्दा बढी जमघट गर्न नपाईने लगायतका नियम लागु गरिएको छ। राती १ बजेदेखि कर्फ्यू घोषणा गरिएसंगै रात्रीकालिन डिस्को,बार लगायतका सेवाहरु प्रभावित हुने भएका छन्।

क्याटालोनियामा पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ३४ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।