जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा ढुंगाना 


बार्सिलोना।नेपाली जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा बिशाल ढुंगाना निर्विरोध निर्वाचित भएका छन्। मञ्चको आईतबार बार्सिलोनामा सम्पन्न तेस्रो अधिवेशनबाट ढुंगाना सर्वसम्मत अध्यक्ष चुनिएका हुन्।मञ्चको पूर्व सचिव समेत रहेका ढुंगाना विगत एक दशकदेखि स्पेनमा बस्दै आएका छन्। उनि एनआरएनए स्पेनका पूर्व कोषाध्यक्ष तथा सल्लाहकार समेत हुन्। 

नवनिर्वाचित अध्यक्ष ढुंगानाले मञ्चले गर्दै आएका गतिबिधिहरुलाई निरन्तरता दिने बताएका छन्। उनले स्पेनस्थिति संघसंस्थाहरुसँग हातेमालो गर्ने बताउंदै यहाँ रहेका नेपालीहरुको समस्या समाधानमा जोड दिने प्रतिवद्वता ब्यक्त गरे। ‘ बिना पेपर भएका साथिहरुलाई कागाजी प्रक्रियामा जान सहज हुने हुने किसिमका लागि कार्यक्रम ल्याउने सोचेका छौ। हामी छिट्टै यो बारे जानकारी दिनेछौ।’ ढुंगानाले भने। 

नयाँ निर्वाचित कार्यसमितीको उपाध्यक्षमा अशोक किरण न्यौपाने र राम दाहाल,महासचिवमा सुर्य प्रसाद सापकोटा (धिरज) सचिवमा दुर्गा प्रसाद गैरे, रामु सापकोटा र केशबराज कंडेल र कोषाध्यक्षमा गोबिन्द अधिकारी रहेका छन्। 

कार्यसमिति सदस्यहरुमा रीता शर्मा, आईत तामाङ्, टिकामाया गुरुङ, लक्ष्मण तामाङ्, खेम कुमार भण्डारी, दिलिप भण्डारी, सुरेश गिरी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्याम प्रसाद खनालद्वारा जारी सूचनामा उल्लेख छ। १९ सदस्यीय कार्यसमिति रहने भएकाले बाँकी ४ सदस्य पछि मनोनयन गरिने मञ्चले जनाएको छ। 

भर्चुअल रुपमा सम्पन्न मञ्चको तेस्रो अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आँफूहरु पार्टी निर्माणको नयाँ अभियानमा जुटेको बताए। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रहेका शर्माले पूर्व प्रधानमन्त्री केपी ओलीको प्रतिगमनकारी प्रवृत्तिले मुलुकले गति लिन नसकेको आरोप लगाए। 

‘नयाँ संविधानलाई कार्यावन्यन गर्ने चरणमा पुगेको थियौं। तर केपी ओलीको प्रतिगमनकारी प्रवृत्तिसंगै त्यो सम्भव भएन। र फेरि हामी आफ्नै पार्टी निर्माणको नयाँ अभियानमा जुटेका छौ।’ अर्थमन्त्री शर्माले भने। 

उनले नेपालको राजनीति उतारचढावको वीचबाट अघि बढिरहेको भन्दै पार्टी निर्माणको अभियानमा जुट्न प्रवासमा रहेका नेपालीहरुलाई अनुरोध गरे। 

कार्यक्रममा नेकपा माओवादी निकट प्रवास संगठनका प्रतिनिधिहरु,स्पेनस्थिति संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो। मञ्चका निर्वतमान अध्यक्ष अर्जुन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव अशोक किरण न्यौपानेले गरेका थिए।