एनआरएनए विवाद : प्रमुख निर्वाचन आयुक्त पौडेलले दिए राजीनामा


काठमाडौँ  — गैर आवासीय नेपाली संघमा विवाद चर्किएपछि निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्।

नेपाल बार एसोसियसनका महासचिव पनि रहेका पौडेलले संघमा अध्यक्ष कुमार पन्तलाई राजिनामा बुझाएका हुन्। स्रोतका अनुसार उनको राजिनामा अध्यक्ष पन्तले स्विकृत गरेका छन्। 

हाललाई कार्यवाहक निर्वाचन आयुक्तमा राम प्रताप थापालाई जिम्मेवारी दिईएको छ।