कांग्रेस महाधिवेशन: युरोपबाट ६७ महाधिवेशन प्रतिनिधि सहभागी 


नेपाली कांग्रेसको महाधिवेशनमा युरोपबाट ६७ प्रतिनिधि सहभागी बनेका छन्। युरोपस्थित नेपाली जनसम्पर्क समितिबाट चयन भएर प्रतिनिधिहरु सहभागी बनेका हुन्। 

नेपाली जनसम्पर्क समिति बेलायतबाट १४ , जर्मनी,नर्वे ,स्पेन ,बेल्जियम,स्वीडेन ,पोर्चुगल र डेनमार्कबाट ७/७ प्रतिनिधि सहभागी बनेका छन्। यस्तै ,नेदरल्याण्ड,फ्रान्स, साईप्रस र पोल्याण्डबाट एक – एक प्रतिनिधि छनोट भएका छन्। 

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि  ४ हजार ७४३ मतदाता रहेका छन् ।

केन्द्रीय सदस्य एवं देशभरबाट ४ हजार ४२२ महाधिवेशन प्रतिनिधि चयन भएका छन् । भ्रातृ तथा शुभेच्छुक संस्थाबाट १२५ महाधिवेशन प्रतिनिधि सिफारिस भएका छन् भने जनसम्पर्क समितिबाट १९४ जना महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन समितिले जनाएको छ ।