बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो


स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि पाँच पटकको विजेता बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो ।

अर्को खेलमा वेनफिकाले डिनामो किभलाई २-० ले पराजित गरेपछि बार्सिलोना समूह ई मा तेस्रो हुँदै बाहिरियो ।बायर्नलाई घरेलु मैदानमा जित दिलाउन थोमस मुलर, लरे साने र जमल मुसिएलाले गोल गरे ।बार्सिलोना यसअघि सन् २०००-२००१ मा समूह चरणबाटै बाहिरिएको थियो ।

बायर्नले शतप्रतिशत जितसहित ६ खेलबाट १८ अंक जोड्यो । वेनफिका ८ अंक जोडेर समूह पविजेताको रुपमा नकआउट चरणमा पुग्यो । ६ मध्ये २ खेल जित र १ बराबरीबाट ७ अंक जोडेको बार्सिलोना तेस्रो भयो ।