शान्ति स्तुपा नजिक पहिरो, ३ को मृत्यू, १ वेपत्ता (अपडेड)


सन्देश श्रेष्ठ
पोखरा, ९ भदौ
कास्कीको पुम्दीभुम्दीस्थित शान्ति स्तुपा नजिकै गएराती पहिरो खस्दा ३ जनाको मृत्यू भएको छ भने १ जना वेपत्ता भएका छन् । त्यस्तै घाईते ३ जनाको उद्धार गरिएको छ ।

स्तुपाको तल उत्तर भेगमा रहेको वत्तिवहादुर गुरुङको घरमा गोकुल मगरले सञ्चालन गर्दै आएको टिपिकल लज एण्ड रेस्टूरेन्टलाई राति २ वजेतिर खसेको पहिरोले बगाउँदा सोही लजका ३ मजदुरको मृत्यू भएको हो भने १ जना मजदुर घाइते भएका हुन् ।

पहिरोमा परि वेपत्ता भएका लजका मजदुर ओखलढुंगा गामलाङटारका प्रकाश थापा मगर, सिन्धुली आङ्साङका १८ वर्षिय मोहन मगर र धादिङ कल्लेरीका २२ वर्षिय राम मगरको शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । त्यस्तै सोही लजका सञ्चालक गोकुल मगरका भाई रामेछाप सैवुका भुवन मगर वेपत्ता छन् । उनको खोजि कार्य भइरहेको प्रहरीले बताएको छ ।

 

उद्धारका लागि कास्कीका प्रहरी प्रमुख वसन्तकुमार लामाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामको गरी १०२ जना, सशस्त्र प्रहरी वल कालिका गणबाट २७ र नेपाली सेनाको टोली खटिएको छ ।

त्यस्तै, सोही पहिरोले एउटा टायलको घर पुरिएर ३ जना घाईते भएका छन् । पहिरोले घर पुर्दा पुम्दीभुम्दी वडा नम्बर १ भुम्दीका एकै घरका ३ जना घाइते भएका हुन् । पहिरोमा परेर ३० वर्षिया सुवि गुरुङ, उनको १४ वर्षिय छोरा प्रनेश गुरुङ र भतिजा १८ वर्षिय सूर्य गुरुङ घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाइतेको राती नै प्रहरीले उद्धार गरेको थियो । घाइते ३ जनाकै नमस्ते हस्पिटल विरौटामा उपचार गरिएको छ ।

तस्बिरहरु:-सुदर्शन रञ्‍जित

IMG_2963kasiki-1Pahiro_3Pahiro_22Pahiro_4