बोक्सी सम्वन्धी विधेयक माथी छलफल


पोखरा, ८ भदौ
सारथी नेपालको आयोजनामा वोक्सी सम्वन्धि(कसुर र सजाय) विधयक–२०७१ को विषयमा पोखरामा छलफल भएको छ ।सहभागिहरुले उक्त विधयकमाथी छलफल गर्नुको साथै राय पनि दिएका थिए । उक्त विधयकका लागि सुझाव संकल गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको सारथी नेपालका सहजकर्ता कुमार रानाले जानकारी दिनुभयो ।सरकारले गत महिना असार १६ गते यस विधेयकलाई दर्ता गरेको छ । वोक्सीको नाममा नेपालमा थुप्रै अपराध भएको र त्यसलार्य कानुनको दायरामा ल्याउनका लागि पनि नेपाल सरकारले यो विधेयक दर्ता गराएको हो ।कार्यक्रममा बोल्दै सभासद वृन्दा राना मगरले संसदमा यो विधेयक दर्ता भएकोले सवैको सुझाव संकलन वाट नै विधेयक पास गर्ने बताउनुभयो । कार्यक्रममा समाजसेवी सोभियतबहादुर अधिकारी, विन्ध्यवासिनी उच्च माविका प्राचार्य, वसन्तराज पाण्डे, ट्रेड युनियन काँग्रेस कास्कीकी अध्यक्ष कुलदेवी बराल लगायतले बोल्नु भएको थियो ।
लोकतान्त्रिक गैसस महासंघ नेपाल कास्कीको संयोजनमा भएको उक्त कार्यक्रममा पोखरामा विभिन्न संघ संस्थामा आवद्धको सहभागिता रहेको थियो । लोकतान्त्रिक गैसस महासंघ नेपाल कास्कीका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष विष्णु कार्कीले स्वागत र सचिव विष्णुहरी शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।