सर्वाधिक पुरस्कार राशीको युनाइटेड कपको उपाधी संगम ए लाई


पोखरा, ८ भदौ
युनाइटेड कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधी संगम ए ले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा भ्याली स्पोर्टसलाई २—१ गोलले हराउदै युनाइटेड कपको उपाधी सहित नगद १ लाख ५ हजार हात पारेको हो ।
प्रतियोगिताको उपाधी चुम्न सफल संगमलाई नगद १ लाख ५ हजार सहित ट्रफी र मेडल प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा संगमका खेलाडी टंक गुरुङ म्यान अफ दी म्याच घोषित भए । गुरुङले १० हजार नगद र ट्रफी हात पारे ।
प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भ्यालीले नगद ४० हजार नगर हात पार्न सफल भयो । भ्यालीले नगद सहित मेडल र ट्रफी हात पा¥यो । प्रतियोगिता अवधिभर अनुशासित टिमको उपाधी हिमालय क्लव बाटुलेचौरलाई नगद १० हजार, मेडल र ट्रफी प्रदान गरियो ।
प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्ता एल जी एशोसियसनका खेलाडी विश्व गुरुङले नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अवधिभर गुरुङले ६ गोल गरेका थिए ।
प्रतियोगितामा काजीपोखरी युवा क्लवले पहिलो नम्बरमा दर्ता गरेबापत मायाको चिनो प्रदान गरियो । प्रतियोगिताका बिजयी खेलाडीहरुलाई गण्डकी अञ्चल प्रहरी प्रमुख एसएसपी केदारमान सिंह भण्डारी, क्लवका अध्यक्ष हिमालय बख्रेल लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।