काष्ठमण्डप नेवाःपुचःको अध्यक्षमा ताम्राकार


पोखरा, ७ भदौ
काष्ठमण्डप नेवाःपुचःको आज पोखरामा भएको प्रथम अधिवशनले अनमोलरत्न ताम्राकारको अध्यक्षतामा १५ सदस्यस्यी नया“ कार्य समिति चयन गरेको छ ।
पुचःको प्रथम उपाध्यक्षमा डा. इन्द्र महर्जन, द्धितिय उपाध्यक्षमा बलभद्र नकर्मी, सचिबमा यस्ति शाक्य, सह–सचिबमा धन शाक्य, कोषाध्यक्षमा राजेश तण्डुकार चयन भएका छन् । सदस्यहरुमा शिला शाक्य, प्रमिला प्रधान, अर्जुन शाक्य, दिनेश महर्जन, नेमरत्न बज्रांचार्य, रोशन महर्जन, अनिल शाक्य, सूर्यलाल महर्जन र मनिषा ताम्राकार सर्व सम्मतिले चयन भएका छन् ।
यसअघि कार्यक्रमका प्रमुखअतिथि नेवाःखलःकास्कीका अध्यक्ष अशोक पालिखेले अधिवेशनको उद्घाटन गर्दै काठमाडौं उपत्यकाबाट आउनु भएका नेवारहरुले भाषा, संस्कृति, नेवारी भोज बारेमा बढि जानकारी हुनेहुनाले उहाँहरुल अरुलाई सिकाउन जोड दिनुभयो । कार्यक्रममा पोखराबाट प्रकाशित एक मात्र नेवार भाषाको पत्रिका पोखरा भिन्तुनाका सम्पादक उदयबहादुर अमात्यलाई पालिखेले सम्मान गर्नुभएको थियो ।
यस्तै विभिन्न कार्यक्रममा संयोजक भइ काम गर्ने धनशाक्य, रोशन महर्जन र विधान मस्योदा समितिका संयोजक बलभद्र नकर्मीलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।  कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष सजिबबहादुर कोइराला, द्धितिय उपाध्यक्ष इश्वर कर्माचार्य, पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख नेपालभुषण वैद्य, साल्ट ट्रेडिड्ड लिमिटेड पोखराका सुरेश राजभण्डारी, नेवाःमिसापुचःका अध्यक्ष शान्ति उदास, नेवाःतजिलजिदबूका अध्यक्ष विष्णुशंकर ख्वाउ“जू, पोखरा लगायतले शुभकामना मन्तब्य राख्नु भयो ।
कार्यक्रममा सस्थाका द्धितीय उपाध्यक्ष बलभद्र नकर्मीले स्वागत र सचिवले संस्थाको प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष राजेश तन्डुकारले आर्थिक प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो ।