महेन्द्रनारायण निधि प्रतिष्ठानले ओझेलमा परेको प्रजातन्त्र सेनानीको खोजी गर्ने


पोखरा ८, भदौं ।
महेन्द्रनारायण निधि स्मृति प्रतिस्थान कास्की शाखाको कार्यसमितिको बैठकले कास्की जिल्ला र यसका आसपासमा रहेका ओझेलमा परेका प्रजातन्त्र सेनानी तथा सामाजिक अभियान्ताको खोजी गर्दै उहाँहरूको जीवनी प्रकाशन गर्ने निर्णय गरेको छ ।
बैठकले सो जिम्मेवारी रविन्द्र माकाजूलाई जिम्मेवारी प्रदान गरेको छ । यसको लागि पोखराका अग्रजहरूसँग सरसल्लाह गरी उक्त कार्यक्रमलाई अगाडि बढाउने निर्णय समेत प्रतिष्ठानले गरेको छ ।
त्यसैअवसरमा देशको विभिन्न स्थानमा गएको बाढीपहिरो तथा डुबानको कारणबाट मृत्युहुने प्रति गहिरो दुःख प्रकट गर्दै विपत्तिमा परेकाहरूप्रति उद्धार तथा राहत कार्य तीव्रताकासाथ गर्न सरकारसँग जोडदार आग्रह गर्ने निर्णय गरेको छ ।
साथै, प्रजातन्त्र सेनानी एवम् नेपाली काँग्रेसका दलित नेता भवे सार्कीको असामयीक निधनप्रति प्रतिष्ठानको कास्की शाखा गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना साथ सोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको संस्थाका सचिव सूर्यप्रसाद ढकाललै बताए ।
प्रतिष्ठानका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको बैठकमा सल्लाहकार सोभियतबहादुर अधिकारी, उपाध्यक्ष नारायण कार्की लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिबाट विगतको कार्यक्रमको समिक्षा गर्दै आगामी कार्यक्रमको तय गरेको छ ।