महिला सिप विकास संस्था १७ औँ साधारणसभा सम्पन्न


पोखरा, ८ भदौँ
महिला सिप विकास संस्था सृजनाचोकको १७ औँ वार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ ।
सभाको प्रमुख अतिथि तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाले विभिन्न समयमा आयोजना गरेका तालिममा सहभागीताहरुलाई, एस.एल.सी तथा प्रविणता प्रमाण पत्र तहमा उत्कृष्ट हुन सफल विद्यार्थी, संस्थाका उत्कृष्ट सदस्यहरुलाई नगद सहित अन्य पुरस्कारले सम्मान गरिइएको थियो ।
साथै संस्थाका सदस्यहरुका छोराछोरीहरुलाई छात्रवृत्ति विरतण पनि गरिइएको थियो ।
सोही अवसरमा संस्थाले आयोजना गरेको तिज गीत प्रतियोगितामा प्रथम भएको महिला सिप विकास संस्था सृजनाचोक, द्धितिय हुन सफल महिला सिप विकास संस्था बाँझपाटन, तृतिय हुन सफल महिला सिप विकास संस्था रिठ्ठेपानीलाई पनि पुरस्कार वितरण गरिइएको थियो ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले संस्थाको आगामी कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
महिला सिप विकास संस्था सृजनाचोकका अध्यक्ष बन्धुकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लेखाशाखाका बिष्णुप्रसाद बराले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष काशीमाया गुरुङले राख्नुभएको कार्यालय सहायक मिना खड्काले जानकार िदिनुभयो ।