ध्रुपद गायन सम्पन्न


सन्देश श्रेष्ठपोखरा, ८ भदौ

संगीत प्रशिक्षण केन्द्र पोखराको रजत जयन्तीको अवसरमा आयोजित ध्रुपद गायन कार्यक्रम शनिबार सम्पन्न भएको छ । लोपोन्मुख अवस्थामा पुगेको ध्रुपद गायनलाई जगेर्ना गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा पोखरेली ध्रुपद गायक विष्णु आचार्यले ध्रुपद गाउनुभएको थियो । करीब १ घण्टा ध्रुपद गाउनुभएका उहाँले ध्रुपदको एमन, मालकोस र भैरवी तीनवटै राग सुनाउनुभएको थियो ।
पण्डित हुमनाथ उपाध्यायले तबला र पखबाज बजाएर साथ दिनुभएको थियो भने कानपुरामा इतुपाल र शुसान्त सापकोटाले साथ दिनुभएको थियो ।
कार्यक्रममा प्रस्तुती दिन ध्रुपद गायक विष्णुप्रसाद आचार्य, पण्डित हुमनाथ उपाध्याय र शुसान्त सापकोटा काठमाडौंबाट आउनुभएको कार्यक्रम संयोजक कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच, ध्रुपद गायनको अवसर पारेर हिराग गीतको सिडी विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी भैरब नृत्यका बरिष्ठ गुरु सर्वज्ञमान प्रधानाङ्गले सिडीको विमोचन गर्नुभएको हो ।
संगीत प्रशिक्षण केन्द्रका अध्यक्ष सुरेन्द्रमान बिजुक्षेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तीर्थमान प्रधानाङ्ग, संयोजक कृष्णबहादुर श्रेष्ठ, खगेन्द्रप्रसाद पराजुली लगायतले बोल्नुभएको थियो ।