नयाँ संविधान निर्माण पश्चात देश रुपान्तरण हुने–सभासद अधिकारी


पोखरा, ८ भदौ ।
सभासद् रविन्द्र अधिकारीले नयाँ संविधान निर्माणसँगै देश रुपान्तरण हुने  बताउनु भएको छ ।
पोखरा ८ प्रतिभामार्गस्थित नेपाल रेडक्रस सोसाइटी पोखरा ८ उपशाखा र राधाकृष्ण आमा समूह पोखरा ८ प्रतिभामार्गद्वारा निर्मित खानेपानी ट्यांकीको उद्घाटन गर्दै सभासद् अधिकारीले एक्लैले केही गर्न नसकिने भन्दै सबै मिलेर गर्यौं भने मात्र समाज रुपान्तरण हुने बताउनुभयो ।कार्यक्रममा नेकपा एमाले पोखरा ८ का अध्यक्ष राजकुमार गिरी, राधाकृष्ण आमा समूहका सल्लाहकार रंगनाथ तिमिल्सिनाले सबैको पहलमा खानेपानी निर्माण भएको र आगामी दिनमा सँगसँगै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा खानेपानी निर्माण समितिका सचिव इन्दिरा पौडेलले खानेपानी टंकी निर्माणमा २ लाख १९ हजार खर्च भएको जानकारी दिनुभयो ।टंकी निर्माणको लागि पोखरा उपमहानगरपालिका, नेपाल रेडक्रस सोसाइटी पोखरा ८ उपशाखा, राधाकृष्ण आमा समूह लगायत विभिन्न समाजिक संघसंस्था एवं समाजसेवीहरुले सहयोग गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा ८ उपशाखाका सभापति दानबहादुर गुरुङ्गको अध्यक्षतामा कार्यक्रम भएको थियो ।