प्राज्ञ सरुभक्त श्रेष्ठलाई पितृ शोक


पोखरा, ८ भदौँ
प्राज्ञ सरुभक्त श्रेष्ठलाई पितृ शोक परेको छ । सरुभक्तका बुबा गणेश श्रेष्ठको अस्तीराति १.३० बजे काठमाडौँको ग्राण्डी अस्पतालमा निधन भएको हो । उहाँ केही दिनदेखि छाती तथा फोक्सोसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
श्रेष्ठको आज नै पोखराको गाईघाटमा अन्त्येष्टि गरिएको छ । उहाँलाई जेष्ठ सुुपुत्र सरुभक्त श्रेष्ठले दागबत्ति दिनुभएको बरिष्ठ साहित्यकार तिर्थ श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको १ श्रीमती, ५ छोरा, २ छोरी र १२ नातिनातिनी हुनुहुन्छ ।
यसैबिच सरुभक्त श्रेष्ठका साईला भाई तथा कसमस इन्टरनेश्नल कलेजका अध्यक्ष महेन्द्र श्रेष्ठलाई परेको पित्तृ शोक प्रति पोखरा गैह््रापाटनमा रहेको कसमस इन्टरनेश्नल कलेजले दु ः ख व्यक्त गरेको छ ।
कलेजले शोक संप्तप्त परिवारप्रति धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना सहित समवेदना प्रकट गरेको कलेज समुहका अध्यक्ष तेज गुरुङले रेडियो अन्नपूर्णलाई जानकारी दिनुभयो ।