पोखरा महानगरपालकाको विकास निर्माणको अनुगमन



पोखरा – जिल्ला समन्वय समिति कास्कीको एक टोलीले पोखरा महानगरपालिका वडा नं. ३, ५, ६ र २५ मा सञ्चालित बिभिन्न विकास निर्माण योजनाको आज अनुगमन गरेको छ ।

संबैधानिक व्यवस्था अनुसार महानगरपालिका भित्र संघ, प्रदेश र स्थानीय तहद्धारा सञ्चालित विकास निर्माणका योजनाको अनुगमन गरेको हो ।
सो अवसरमा टोलीले हेम्जास्थित जैसीचौर खुट्टाको गौडा सडक, पादुका दान माविको निर्माणाधीन भवन, पोखरा १८ धारापानीस्थित विश्वकर्मा कल्याण समाज भवन,पोखरा ३ नदीपुरस्थित कोपिलढुङ्गा ढल निकास, पोखरा ५ प्रगतिमार्ग सडक ढलान र पोखरा ६ को
निर्माण उपभोक्ता समितिका पदाधिकारी, प्राविधि एवम् जनप्रतिनिधिसंग सञ्चालित योजनाका सम्वन्धमा टोलीका संयोजक एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी लिनुभएको हो ।

योजनामा गुणस्तरीय पहिलो सर्त भएको बताउँदै उहाँले गुणस्तरीयताका आधारभूत मापदण्ड सम्वद्ध सवै पक्षले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा गाउँपालिका अन्तर्गत संघीय योजना पोखरा १३ कसेरी र मादी ५ जोड्ने विजयपुर खोला माथि ५ करोड ५७ लाख रुपैया र प्रदेशको ६९ लाख रुपैयामा मादी वडा नं. ३ र ७ जोड्ने मादीनदी माथि ज्याम्दुको पक्कि पुलको स्थलगत अनुगमन गरिएको हो ।
त्यसगरी अनुगमन टोलीले निर्माणाधीन काहुँखोला सिक्लेस एवम् कसेरी, भैसे हुँदै पालिकाको केन्द्र जोड्ने याङजाकोट सडक र जिसस मौज्जुदा कोष ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा ५ करोड १७ लाख ७२ हजार ५०९ रुपैयाको लागतमा निर्माण भई रहेका ७ वटा वडा कार्यालय भवनको जानकारी लिएको थियो ।

कोरोना भाइरस (कोभिड—१९) को पैmलिन नदिन घोषित बन्दाबन्दीमा पनि मादी गाउँपालिकाका अतिकांश विकास निर्माणका योजनाले निरन्तरता पाएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर गु्रुङ(श्याम) ले जानकारी दिनुभयो ।
बजेट विनियोजन भएपनि समयमा कार्य विधि नबन्ने र झन्झटिलो खरिद ऐन तथा अप्ठेरो बन नीतिका कारण विकास निर्माण कार्यमा बाधक बन्ने गरेको उहाँले अनुगमन टोली समक्ष दुखेसो सुनाउनु भयो ।
गाउँपालिकाले भौतिक विकासंगै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै उहाँले बन्दाबन्दीसंगै कृषकहरुले बाँझो जग्गा जोत्न थालेपछि लामो समयको अन्तरालमा सवै भन्दा बढी गोरुको खरिद बिक्री भएको जानकारी गराउनुभयो ।
कोरोना भाइरस नियन्त्रणका लागि गाउँपालिकका प्रत्येक टोलमा निर्माण गरिएका क्वारेन्टिनमा अहिले भारतबाट आएका १५ जना राखिएको बताउँदै अध्यक्ष गुरुङले भन्नुभयो क्वारेन्टिनको खाना, विद्युत र खानेपानीको व्यवस्था पालिकाले गरेको छ भने विस्तारा सम्वन्धित व्यक्तिको घरबाटै ल्याउने व्यवस्था मिलाईएको छ । १२ वटै वडाबाट संकलित तथ्याङ्क अनुसार गाउपालिकाका दुई हजार एकसय जना विदेशमा रहेका छन् ।
अनुगमन टोलीमा जिसस उपाध्यक्ष सावित्री भण्डयारी, प्रमुख समन्वय अधिकारी नवराज बराल लगागयत प्राविधिक तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।