नेपालमा कोरोना संक्रमण हुनेको संख्या ८ हजार ६ सय ५ पुग्याे


पाेखरा – नेपालमा कोरोनाभाइरसबाट संक्रमण हुनेको संख्या ८ हजार ६०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

शनिवार मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले बितेका २४ घन्टामा देशका विभिन्न स्थानबाट ४९ महिला तथा २८२ पुरुष गरी ३३१ नयाँ संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ८ हजार ६०५ पुगेको बताउनु भयो । उनिहरुमा ७५६ महिला तथा ७ हजार ८४९ पुरुष रहेका छन् ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लाका १७६ जना निको भएर घर फर्किएका छन् । उनिहरुमा १८ महिला तथा १५८ पुरुष रहेका छन् । यो संगै अस्पतालबाट कोरोनालाई जितेर घर फर्किनेको संख्या हालसम्म १ हजार ५७८ पुगेको छ ।

=शनिवार सिराहाका २६ पुरुष, बाँकेका ४१ पुरुष, मोरङका एक पुरुष, एक महिला, शुसिल कोईराला प्रखर क्यान्सर अस्पतालबाट १३ जना, खोटाङका ३, सुनसरीका २, उदयपुरका २, सल्यानका ११ जना, सुर्खेतका १३ जना डिस्चार्ज भएका छन् ।

यस्तै दाङमा ५ जना, मकवानपुरमा ६ जना, डडेल्धूरामा २ जना, अछाममा ५ जना, दार्चुलामा २ जना, डोटीमा ९ जना, धनगढीमा ८ जना, कैलालीमा ४ जना, नेपालगञ्ज मेडिकल कलेजबाट कैलालीकी एक महिला, कञ्चनपुरमा ६ जना पुरुष, कैलालीका ८, भरतपुर चितवनमा ३ पुरुष, नवलपरासी पूर्वका ६ जना गरी १७६ जना डिस्चार्ज भएका छन् । यो संगै अस्पतालबाट घर फर्किनेको संख्या १ हजार ५७८ पुगेको हो । उनिहरुमा महिलाको संख्या १४१ र पुरुषको संख्या १ हजार ४३७ रहेको छ ।

नेपालमा कोरोनाको संक्रमण फैलिएका जिल्लाहरु ७४ रहेका छन् । शनिवार ४९ महिला र २८२ पुरुष गरी नयाँ ३३१ जना थपिएपछि संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ ।

बितेका २४ घन्टामा देशका २४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३३१ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

धरानमा गरिएको परिक्षणमा झापाका १, सुनसरीका २ महिला, विराटनगरमा गरिएको परिक्षणमा मोरहङका ८ पुरुष, जनकपुरमा गरिएको परिक्षणमा महोत्तरीका २ जना महिला, २२ पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै सर्लाहीकी १ महिला, २ पुरुष, नारायणी अस्पतालमा गरिएको परिक्षणमा बाराका ३ पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा बाराकी १ महिला, वाग्लुङकी १ महिला, १३ पुरुष, बैतडीका १८ पुरुष, गुल्मीका २ महिला, १६ पुरुष, डडेल्धुराका ५ महिला, ७ पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । डोटीका ९ महिला ५२ पुरुष, कैलालीका १ पुरुष र काठमाडौंकी १ महिलामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै नवलपरासी पूर्वका ३ महिला, १४ पुरुष, नवलपरासी पश्चिमका १ पुरुष, पाल्पाका १ पुरुष, रामेछापकी १ महिला, २ पुरुष, रौतहटका २ पुरुष, रुपन्देहीमा १ पुरुष, सर्लाहीमा ६ पुरुष गरी १५७ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा धादिङकी १ महिला, ७ पुरुष, पाल्पाकी १ महिला १५ पुरुष, भक्तपुरका ७ महिला गरी ३१ जना, भरतपुर चितवनमा गरिएको परिक्षणमा नवलपरासी पूर्वका ४ जना, स्याङजाका १, हेटौंडामा गरिएको परिक्षणमा रौतहटकी १ महिला, ४ पुरुष, त्रिवि शिक्षण अस्पतालमा गरिएको परिक्षणमा कैलालीका २ पुरुष, रुपन्देहीमा गरिएको परिक्षणमा पाल्पाका ४ महिला १२ पुरुष, बाँकेको भेरी अस्पतालमा गरिएको परिक्षणमा बाँकेका २ महिला, १२ पुरुष, बर्दियाका ७ पुरुष गरी २१ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

दाङमा गरिएको परिक्षणमा रुकुम पश्चिमका १ पुरुष, दाङका २ महिला, २ पुरुष, प्यूठानका ८ पुरुषसहित कुल ३३१ जनामा संक्रमण पोजेटिभ देखिएको डा.गौतमले बताउनु भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभर पीसीआर/आरडीटी गरिएको कुल परिक्षण संख्या ४ लाख २१ हजार ४६५ रहेको छ । पीसीआर गरिएका १ लाख ६० हजार ५६० जनामा संक्रमण देखिएको छैन ।

देशभर क्वारेन्टाईनमा १ लाख २ हजार २४५ रहेका छन् । आईसोलेसनमा रहेको संख्या ७ हजार ५ पुगेको छ । निको भएकाहरुको संख्या १ हजार ५७८ पुगेको छ भने अहिलेसम्म २२ जनाको मृत्यु भएको छ ।