नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्याे


काठमाण्डौ – आज शुक्रबार एकैदिन थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार दिउँसो थप ४ सय २६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा‍‍ जागेश्वर प्रसाद गौतमले जानकारी दिएका छन् । संक्रमित मध्ये ७५६७ जना पुरुष र ७ सय ७ जना महिला रहेका छन । गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा कोरोना भाइरसबाट मर्नेको संख्या २२ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित मध्ये १ हजार ४ सय २ जना निको भएर घर फर्किसकेका छन् जसमध्ये पछिल्लो २४ घन्टामा २ सय १६ जनाले स्वास्थ्य लाभ गरेका हुन् ।
पछिल्लो २४ घन्टामा ४ हजार २ सय ३१ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट सोही अवधिमा ४ हजार ३ सय ९९ गरी शुक्रबारसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ ।