चरीको पार्थिव शरीरमा एमालेको झन्डा ओढाएर अन्त्येष्टि


काठमाडौं, भदौ ७-

प्रहरीसँगको दोहोरो मुठभेडमा मारिएका भनिएका डन दिनेश अधिकारी ‘चरी’को पार्थिव शरीरमा नेकपा एमालेको झण्डा ओढाइएको छ।
शनिबार पशुपति आर्यघाटमा उनको पार्थिव शरीरको अन्त्येष्टि गर्नुअघि नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले चरीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए।लोहनीले झण्डा ओढाउँदा त्यहाँ एमाले सभासद धनबहादुर घले, गुरु बुर्लाकोटी, धादिङ अध्यक्ष भूमि त्रिपाठी, अखिलका अध्यक्ष किशोरविक्रम मल्ल र उपाध्यक्ष ऐन महर समेतको उपस्थिति थियो ।

Chari-sankar-12
चरीको पार्थिव शरीरमा उनकी प्रेमिका खुश्वु वलीले पनि श्रद्धान्जली दिएकी छन् । उनी निकै भावुक देखिएकी थिइन् । चरीलाई अन्तिम श्रद्धान्जली दिन अर्का डन चक्रे मिलन पनि पहेँलो लुगा लगाएर आर्यघाट पुगेका थिए ।चरीको दाहसंस्कारमा एमाले शीर्ष नेतृत्व भने देखिएनन् ।