आजको राशिफल – युवा ज्योतिषी ः हरि पन्त


आज मिति २०७१ साल भाद्र ७ गते शनिबार, तदनुसार अगस्त २३ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार भाद्रपदकृष्णपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदकृष्णपक्षको त्रयोदशी तिथि २२ घटि ४८ पला अर्थात दिनमा २ बजेर ४६ मिनेटसम्म त्यस उप्रान्त चतुर्दशी तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा कर्कट राशिमा अहोरात्र रहनेछ । आज दिनमा ३२ घटि १६ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३८ मिनेटमा यम मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ३३ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष ः नकारात्मक सोचाइले गर्दा कार्य अस्तव्यस्त आम्दानी भन्दा खर्च बढी हुनाले दिनभर तनाव झेल्नु पर्नेछ ।
वृष ः दिन सबै प्रकारले शुभ छ, लगानी गरेको जुनसुकै व्यवसायवाट पनि लाभ पाउनुहुने, धार्मिक यात्रा हुने ।
मिथुन ः अनावश्यक झमेलामा फसिनेछ, काममा एक्कासी अवरोध आउनेछ, स्वास्थ्यमा खरावी आउनेछ ।
कर्कट ः पारिवारिक सहयोगले कार्य सम्पन्न, नयाँ कार्यक्षेत्रमा प्रवेश हुनेछ, आदर सत्कार पाइने, स्वास्थ्य राम्रो रहनेछ ।
सिंह ः दिन तथा समय दुवै खराव रहनाले पारिवारिक कलह हुन सक्नेछ, इज्जतमा दाग लाग्न सक्नेछ ।
कन्या ः सकारात्मक सोचाइ बढ्ने, व्यापार व्यवसायबाट लाभ पाइने, स्वास्थ्यमा क्रमशः सुधार हँुदै जानेछ ।
तुला ः दिन सामान्य रहेकोछ, शुरु गरेका कार्य अधुरा, पेटमा गडबढ हुन सक्नेछ खानामा सावधानी अपनाउनुहोला ।
वृश्चिक ः आफन्तजनसँग मनमुटाव हुन सक्छ, खर्चमा एक्कासी वृद्धि हुनेछ, छोराछोरीबीच झगडा हुदाँ तनाव बढ्नेछ ।
धनु ः व्यापार व्यवसायमा मन्दी आनउेछ, धनमाल लुटिन सक्नेछ चनाखो हुनु राम्रो हुनेछ, यात्रामा बाधा आउनेछ ।
मकर ः समय महत्वपूर्ण रहेकोछ, प्रेमीका भेट हुनाले दिन खुसीयालीमा बित्नेछ, धार्मिक कार्यको पनि लगाव बढ्ने ।
कुम्भ ः एकमुष्ट रकम संकलन, नविन कार्यको थालनी हुनेछ, दिन शुभ रहनेछ उपयोग गर्नु राम्रो हुन सक्छ ।
मीन ः एक्कासी नयाँ खालको रोग देखा पर्नेछ, दिन विवादित छ साथीहरुसंग कलह हुन सक्नेछ सतर्क रहनुहोला ।

जोगिनुहोला । आजको साइत ः आज उत्तर र पश्चिम दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

आजको शुभ, लाभ र अमृत बेला ः आज २०७१ साल भाद्र ७ गते शनिबार बिहान ५ः३८ बजेदेखि ७ः०८ बजेसम्म काल बेला, बिहानमा ७ः०८ बजेदेखि ८ः३८ सम्म शुभ बेला, बिहानमा ८ः३८ बजेदेखि १०ः०८ बजेसम्म रोग बेला, बिहानमा १०ः०८ बजेदेखि ११ः३८ बजेसम्म उद्वेग बेला, बिहान ११ः३८ बजेदेखि दिनमा १२ः०८ बजेसम्म चर बेला, दिनमा १२ः०८ बजेदेखि २ः३८ बजेसम्म लाभ दिनमा २ः३८ बजेदेखि ४ः०८ बजेसम्म अमृत साँझ ४ः०८ बजेदेखि ५ः३८ बजेसम्म काल बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः बिहानमा ९ः०० बजेदेखि १०ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
राशिफल लेखक युवा ज्योतिषी ः हरि पन्त, मो. ९८४६१४७३६९