कोरोना पिडितलाई एनआरएन:- अनलाईनबाटै सहयोग गर्न सकिने


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना महामारीबाट पिडितको लागि आर्थिक संकलनलाई तिब्रता दिएको छ । संघका कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा गठित आर्थिक समितिले कोरोना पिडितको लागि सहयोग गर्न ईच्छुक व्यक्तिहरुले आफ्नो व्यक्तिगत क्रेडिट वा डेभिट कार्ड प्रयोग गरेर अनलाइन मार्फत सहयोग गर्न सक्ने व्यवस्था मिलाएको छ । 

गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए अन्तरर्गत पहिलो पटक अनलाईन मार्फत क्रेडिट वा डेभिट कार्ड प्रयोग गरी सहयोग गर्न सकिने व्यवस्था मिलाइएको संघका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस “कोभिड(१९) राहत कोष” को लागि विश्वभर छरिएका गैरआवासीय नेपालीहरुले संघको बैंक खातामा सिधैं सहयोग गर्न सक्ने भएका छन् । 

नयाँ अनलाइन पेमेन्ट प्रणालीवाट अब थोरै थोरै रकम पनि सहयोग गर्न सकिने उदेश्यले वेभ एप्लिकेसन सञ्चालन ल्याइएको हो । संघले केही दिनमा मोबाईल एप्सबाट पनि सहयोग गर्न सक्ने व्यवस्था गर्न लागेको जनाएको छ । महाभुकम्प्प, बाढी पहिरो लगायतका आपतकालिन अवस्थामा झैं कोरोना महामारीको यस संकटपूर्ण परिस्थितिमा पनि विदेशी स्थित नेपाली समूदायको सहयोगका अपेक्षा संघले गरेको छ । 

कोरोना भाइरसको महामारीबाट पिडितको लागि संघले विश्वभरका शाखाहरुलाई परिचालन गर्दै २ करोड भन्दा बढि आर्थिक संकलन गरिसकेको छ ।

सहयोगको लागि यो लिंकमा जानुहोला