चर्चित गायक कर्ण दासको कतै भुल भयो कि


कतै भुल भयो कि मेरी मायालु भेट्घाट टाडा भो,
कसम छ तिम्रै मेरी मायालु जिउनुनै बाधा भो ।
तिमीले भन्थ्यौ हर सपनीमा भेट्न म आउला
पिरतीका सारा मिठा-मिठा कुरा सुटुक्क भनुँला
प्रणयका ती फुल आज जङ्गली काडाँ भो।

यस्तै यस्तै भावहरु समेटेर तयार गरिएको नयाँ गीत लिएर निकै समय पछि सुमुधुर आवाजका धनि चर्चित गायक कर्ण दास दर्शक तथा श्रोता माझ आएका छन्।

यस गीतको भिडियोलाई अस्ट्रेलियामा निर्माण गरिएको हो भने म्युजिक भिडियोलाई गायक स्वयंले निर्देशन गरेका छन्।

म्युजिक भिडियोमा अस्ट्रेलियामा नै बसोबास गर्ने कलाकार द्वय शुरभी मानन्धर र टिका भुर्तेलले अभिनय गरेका छन्।  कृष्ण बहादुर श्रेष्ठको रचना रहेको गीतमा भोला प्रसाद राईको संगीत रहेको छ भने सचिन सिंहले गीतको एरेन्ज गरेका हुन् । 

कतै भुल भयो कि (म्युजिक भिडियो)