आज ३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ९ पुग्याे


काठमाडौं – नेपालमा काेराेना संक्रमितको संख्या ९ पुगेकाे छ । नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा कोरोना संक्रमितको संख्या ९ पुगेको जनाएको छ । आज ३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ९ पुगेको हो ।
संक्रमित हुनेमा भारतका फर्किएका कञ्चनपुरका एक ४१ वर्षका पुरुष र अर्का २१ वर्षीय युवक रहेका छन् । त्यस्तै यस अघि कैलालीमा संक्रमण देखिएका एक पुरुषको ३४ वर्षीया महिला आफन्तमा पनि कोरोना पुष्टि भएको जनाइएको छ । उनी संक्रमित पुरुषको भाउजू भएको खुलेको छ ।

हाल तीनै जना सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको पनि जनाइएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्थ्या सामान्य रहेको छ । यस अघि नेपालमा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको नदेखिएकोमा यस पटक भने देश भित्रै मानव देखि मानव संक्रमण पुष्टि भएको हाे ।