कोरोनाको प्रभाव :-स्पेनमा बेरोजगारीको संख्या ३५ लाख पुग्यो


म्याड्रिड। स्पेनमा कोरोना भाइरस (कोभिड–१९) को कारण बेरोजागारीको संख्या ह्वात्तै बढेको छ । बीबीसीका अनुसार, स्पेनमा मार्च महिनामा बेरोजगारी सुविधाको लागि आवेदन दिने मानिसको संख्यामा कीर्तिमानी संख्याले वृद्धि भएको हो ।

कोरोना भाइरसको कारण स्पेनमा गरिएको लकडाउनको कारण तीन लाखभन्दा धेरै मानिसले आफ्नो रोजगारी गुमाएका हुन् । स्पेनमा लकडाउनको निर्णय कार्यान्वयनमा आएसँगै स्पेनमा रोजगारीको संख्या ९ लाखले घटेको छ । यससँगै स्पेनको समग्र बेरोजगारीको संख्या ३५ लाख पुगेको छ ।

स्पेनले भाइरस नियन्त्रणको लागि भन्दै गत मार्च १४ मा मुलुकभर अनिश्चितकालीन लकडाउनको निर्णय गरेको थियो ।सन् २०१७ को अप्रिलयताकै उच्च हो । यो महामारीको कारण विश्वभर २ करोड ५० लाख मानिसले आफ्नो रोजगारी गुमाउन सक्ने यसअघि नै संयुक्त राष्ट्रसंघले चेतावनी दिइसकेको छ ।

विश्वभर कोभिड–१९ को कारण विश्वभर बेरोजगारीको समस्या बढेको छ । यसअघि अमेरिकामा पनि बेरोजगारीको संख्या ३३ लाख पुगेको समाचार सार्वजनिक भएको थियो ।