पोखरामा खुल्ला बिच भलिबल महोत्सव सुरु


पोखरा, ६ भदौ-  कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा बिहीबारदेखि पोखरामा खुल्ला बिच भलिबल महोत्सव सुरु भएको छ।

बाराहीघाटस्थित नेपाल आर्मीको खेलमैदानमा भएको सो महोत्सवको उदघाटन गर्दै प्रमुख अतिथि नेपाली सेनाका पश्चिम पृतनापति यज्ञविक्रम राणाले एसियन गेमसम्म नेपालले सहभागिता जनाइसकेको बिच भलिबल खेल आन्तरिक तथा बाह्य पर्यटनको दृष्टिकोणले पनि राम्रो सम्भावना रहेको बताए।

पोखरामा बिच भलिबलको परिकल्पनाकारमध्येका एक पर्यटन व्यवसायी एवं कास्की जिल्ला भलिबल सङ्घका सल्लाहकार गणेशबहादुर भट्टराईले बिच भलिबल समुन्द्रको किनारमा खेलाइने खेल भए पनि पोखरा पर्यटकीय क्षेत्र भएको र यसको माध्यमबाट होटल व्यवसायीले राम्रो आर्थिक उपार्जन गर्न सक्ने भएकाले यसलाई पर्यटन व्यवसायीले भरपूर सदुपयोग गर्न सक्नुपर्ने बताए।नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य डीबी नेपालीले दुई वर्षअघि नेपाल भलिबल सङ्घले दोस्रो राष्ट्रिय बिच भलिबल पोखरामै आयोजना गरेको स्मरण गराउँदै यसको विकासको लागि सङ्घले छुट्टै योजना बनाइरहेको बताए।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले तत्कालीन पृतनापति भिक्टर शमशेर राणाले आÇनो विभागमा दुईवटा बिच भलिबल कोर्ट निर्माण गरेकोले पोखरामा यो खेल सञ्चालन गर्न सम्भव भएको भन्दै यस खेलको विकास र विस्तारको लागि समितिले यथोचित सहयोग गर्ने बताए।कास्की जिल्ला भलिबल सङ्घका सल्लाहकार एवं नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष प्रेमनारायण न्यौपानेले बिच भलिबलको विकास र विस्तारको लागि समुदायस्तरमा पनि कोर्टको निर्माण गरिनुपर्ने आवश्यकता औंल्याए।

भदौ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको संयोजकमा सङ्घका कोषाध्यक्ष सुनिता गुरुङ रहेकी छन्।सङ्घसंस्थातर्फ भएको पहिलmो खेलमा होटल प्रतिनिधि समाज कास्कीले पश्चिमाञ्चलहोटल सङ्घलाई २–० को सोझो सेटमा पराजित ग¥यो। सङ्घसंस्थातर्फ सात टीमको सहभागिता रहेको छ।पत्रकारतर्फ भएको खेलमा विनोद लामिछाने र नवराज बरालको टीम प्रथम भएको छ।

तीन टीमको सहभागिता रहेको खेलमा लामिछाने र बरालको टीमले फाइनलमा प्रेमनारायण न्यौपाने र दिननाथ बरालको टीमलाई सोझो दुई सेटमा पराजित गरेको हो।पहिलो खेलमा सोही टीमले दीपक गोदार र सुरज श्रेष्ठको टीमलाई २–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। प्रतियोगिता खुल्लातर्फ १० टीमको सहभागिता रहेको छ।शुक्रबार बिहान सात बजेदेखि खेल सञ्चालन हुने प्रतियोगिता संयोजक सुनिता गुरुङले जानकारी दिइन्।