स्याङजामा पहिरोले गाउँले त्रसित, रात परेपछि छिमेकीको घरमा वास


सागर राज तिमिल्सिना
पोखरा,  भदौ ५-

स्याङजाको भाटखोला गाविस वडा नं. १ मा पहिरोका कारण त्यहाका वासिन्दा यतिखेर घरबाट वेघर हुनुपरेको छ । दिनमा आफ्नै घरमा वसे पनि रात पहिरोको डरले अर्कैको घरमा वस्न जान्छन् । राती सुत्नको लागि उनिहरु दिनुहु छिमेकमा शरण लिन जाने गरेका छन् । भाटखोला गाविस वडा नं. १ भाट गाउँका १५ घर परिवारलाई पहिरोको जोखिले घर छाडेर बस्ने गरेका हुन् ।
केहि दिन पहिले परेको अविरल वर्षाले गाउँभन्दा माथी रहेको दोपहरे खोलामा आएको बाढी गाउँ परेको हो । पहिरोले अन्य घरमा पनि जोखिम बढाएको छ भने धानखेत समेत पुरेको छ । पहिरोले भाटखोला गाविसको वडा नं १ र वडा नं. ३ साउथरको धानखेतमा क्षति पु¥याएको छ । दुई वडाको करिव ३ सय रोपनी खेतमा क्षति पुगेको छ । पहिरोका कारण घरमा बस्ने स्थिती नभए पछि साझँ पर्ने थाले वा पानी पर्न थाले पछि बालबच्चा लिएर छिमेकीको घरमा जाने गरेको पिडित रेशमलाल रानाभाटले बताए ।

badi-payro-sanj

गाउँ भन्दा माथीबाट मोटरबाटो खने पछि पहिरो जादा गाउँ नै जोखिममा परेको हो । हरेक वर्ष सामान्य वाडी र पहिरो जाने गरेको भएता पनि यस वर्ष आफुहरुले सोच्दै नसोचेको पहिरो गएको रानाभाटको भनाई छ । यो समस्या प्राकृतिक नभै मानव निर्मित भएको गाविस सचिब राजु प्रसाद मरासौनीले बताए । उनले मोटर बाटा खन्दा वातावरणीय प्रभागको कुनै मुल्याङकन नै गरी खन्दा यस्तो जोखिम आएको बताए ।

badi-payro-sanj-2

मोटरबाटो खनेका कारण एक ठाउँमा मात्रै नभै ठाउँ ठाउँमा पहिरो गएको छ । आरु खर्क गाविसलाई मोटरबाटोबाट छोटो रुटबाट जोड्नेलाई आरुखर्क बासिले विकट ठाउँबाट बाटो खरेका थिए । जसका कारण फेदीखोला र भाटखोला जोड्ने सेतीखोलामाथिको पक्की पुल र करिब १७ वटा झोलुङ्गो पुल समेत संकटमा परेका स्थानीयहरु बताउछन् ।

badi-payro-sanj-4