रेडियो स्पेन नेपालको सुचना


स्पेनको बार्सिलोनाबाट सञ्चालित “रेडियो स्पेन नेपाल” अनलाइन रेडियोले हरितालिका तिजको अबसरमा महिला दिदी बहिनीहरुसँग अहिले स्पेनको समय अनुसार साँझ ५:३० बजेबाट बार्सिलोनामा अन्तरक्रिया गर्दै छ । कार्यक्रम www.spainnepal.com र www.nepalinepali.com बाट सुन्न सकिने छ । रेडियोले २ घण्टा सम्म लाईभ प्रसारण गर्दै संसार भर रहेका नेपालीहरुलाई सुन्नको लागि अनुरोध गरेको छ।
बिदेशमा “तीजलाई सभ्य र भब्य रुपमा मानाऔ ,भित्रिएका बिकृति र बिसङ्गतिलाई हटाऊ ” भन्दै रेडियोले अन्तरक्रिया गर्न लागेको हो । समय अभाबको कारणले कार्यक्रममा केही दिदि बहिनीहरुलाई मात्र अन्तरक्रियामा सहभागी गराएको भए पनि सबैलाई घरमा बसेर सुनि दिन रेडियोले अनुरोध गरेको गरेको छ ।
देशमा मात्र हैन अहिले बिदेशमा पनि तिज आउन महिनौ अगाडिबाट दर खाने , होटलमा गएर दरको नाम खर्चिलो गर्ने र तिजकै लागी भनेर महंगा गर-गहना र लत्ता कपडा खरिद गर्ने फेसन नै चली रहेको बेला तिजलाई सामन्य रुपमा मनाउनु पर्छ भन्दै रेडियोले अन्तरक्रिया गर्न लागेको हो ।

नोट :-आफुले केहि जिज्ञासा राख्न वा रेडियोमा कुरा गर्नको लागि संसारको जुनसुकै कुना बाट स्काईपमा पनि स्रोतालाई कल गर्न रेडियोले अनुरोध गरेको छ । कल गर्नको लागि स्काईप आई.डी spain.nepal रहेको छ ।