बार्सिलोनाले गरेको अपीलमा फिफाको अस्वीकार, अबका लगातार दुई ट्रान्सफरमा किनबेच रोक्का


जेनेभा (एएफपी), भाद्र ५ –

कम उमेरको खेलाडी अनुबन्धमा नियम उल्लंघन गरेकाले सन् २०१६ जनवरीसम्म कुनै पनि खेलाडी भित्र्याउन नपाउने कारबाहीमा परेको बार्सिलोनाले गरेको पुनरावेदन विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बुधबार अस्वीकार गरेको छ

अब बार्सिलोनाले जारी ट्रान्सफर बन्द भएपछि २०१६ जनबरीसम्म खेलाडी किन्न र बेच्न पाउने छैन । जारी ट्रान्सफर अगष्ट ३१ मा सकिनेछ

घरेलु र अन्तर्राष्ट्रिय बजारबाट २०१५ जनवरीदेखि लागू हुने गरी लगातार दुई ट्रान्सफर विन्डोमा प्रतिबन्ध लगाइएको फिफाले जनाएको छ।

१८ वर्षभन्दा कम उमेरका खेलाडीहरुलाई एकेडेमी ला मासियामा ल्याएको भन्दै फिफाले बार्सिलोनामाथि १४ महिने प्रतिबन्ध लगाएको छ । तर, बार्सिलोनाले अपील गरेपछि केही समयका लागि प्रतिवन्ध स्थगित गरिएको थियो ।