इवोला संक्रमण नफैलियोस् भन्नेमा सजग छौ , बिदेशमा खटिएका सबै सैनिक सुरक्षित – नेपाली सेना


काठमाडौं, भदौ ४-

सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार विज्ञप्ति जारी गर्दै शान्ति सेनामा खटिएका नेपाली सैनिकहरु इबोला भाइरसबाट सुरक्षित रहेको जनाएको छ । 
भारतमा पनि इबोलाको संक्रमित भेटिए पछि नेपालमा पनि भित्रन सक्ने खतरा बढिरहेको बेला नेपाली सेनाले सैनिकहरु सुरक्षित रहेको जनाएको हो ।
नेपाली सेना प्राणघातक इवोला भाईरसको संक्रमण नफैलियोस् भन्नेमा संवेदनशिल र सजग रहेको बताएको छ ।

nepal-army-logo

शान्ति सैनिकहरुलाई मिशनमा तैनाथ हुनु पूर्व प्रदान गरिने प्रि-डिप्लोयमेन्ट तालिममा समेत बिशेषज्ञ डा. अधिकृतबाट इवोला भाइरस सम्बन्धि कक्षा संचालन गरिएको छ ।
साथै भाइरसका संक्रमण तथा रोकथामका उपायहरु सम्बन्धमा मिशनमा तैनाथ शान्ति सैनिकहरुलाई परिपत्र गरिएको छ ।