नेपाललाई एसीसी यू-१६ प्रिमियर क्रिकेटको पहिलो पटक उपाधि


काठमाडौं, भदौ ४ –

एसीसी यू-१६ प्रिमियर क्रिकेटमा आज बुधबार भएको अन्तिम खेलमा नेपालले मलेशियालाई ३२ रनले हराउँदै उपाधि उचालेको छ । अघिल्ला संस्करणमा  नेपाल उपविजेता बन्दै आएको थियो , नेपालले पहिलो पटक यो उपाधि उचालेको हो ।

यू-१६ च्याम्पियन बनेसागै नेपालले एसियाली क्रिकेट परिषद्ले आयोजना गर्ने उमेर समूहको सबै प्रतियोजिता जितेको छ ।

u-16 champaion nep[al (15)

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरको खेलमा ९ विकेट गुमाउँदै दिएको १६१ रन बनाएको थियो। १६२ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको आयोजक मलेसिया ३६ ओभरमा सबै विकेट गुमाउँदै १२९ रनमा अलआउट भएको थियो। नेपालका लागि पवन सर्राफले सर्वाधिक ४४ रन बनाए। उनी नै म्यान अफ दी म्याच घाेषित भए । २६ बल खेलेका पवनले २ छक्का र ४ चौका प्रहार गरेका थिए।प्रतियोगिताका उत्कृष्ट बलर नेपालका जितेन्द्र सिंह र उदियमान खेलाडी खनिल खरेल चुनिए ।

u-16 champaion nep[al (14)

प्रतियोगितामा सहभागी ६ टोलीले राउन्ड रोबिनमा एकअर्कासँग खेलेपछि विजेता छानिने नियम छ।नेपालले पहिलो खेलमा स्पष्ट नतिजा ल्याएको तथा मलेसिया र बहराइनबीचको पहिलो खेल वर्षाको कारण रद्द भएपछि मलेसियाले बहराइनसँग एक/एक अङ्क बाँडेको थियो ।

u-16 champaion nep[al (6)

यू-१७ एक पटक, यू-१९ चार पटक जितेको नेपाल यू-१६ मा भने दुई पटक फाइनलमा पराजित भएको थियो ।  नेपालले मलेसियालाई पराजित गरेर पहिलो पटक उक्त उमेर समूहमा उपाधि जित्ने सुनौलो अवसर मात्र प्राप्त गरेन, मलेसियासँग अघिल्लो संस्करणको हारको बदलासमेत लिएको छ ।एकपछि अर्को उपाधि चुमेको नेपाल पछिल्लो समय भने उमेर समूहमा कमजोर देखिएको थियो । यसअघि सन् २००९ मा पृथु बास्कोटाको कप्तानीमा एसीसी यू-१७ जितेयता नेपाली उमेर समूहमा उपाधिविहीन थियो ।

u-16 champaion nep[al (3)u-16 champaion nep[al (8)u-16 champaion nep[al (10)u-16 champaion nep[al (5)