शेर्पा समूदायको मौलिक ‘फाङ्गी’ पर्व पोर्चुगलमा मनाइयो


लिस्वन-

पोर्चुगलको लिस्वनमा फांगी पर्व एक भब्य कार्यक्रमको आयोजना गरी मनाईएको छ । शेर्पा समूदायको मौलिक पर्व फाँगी नेपालमा झै पोर्चुगलको लिस्वनमा बसोबास गर्ने शेर्पा समुदायले पनि भब्य रुपमा मनाएका छन् ।

नेपालमा खेतीपातीपछि धुमधामकासाथ मनाउने फाङ्गी पर्व पोर्तुगलमा पनि शेर्पा समुदायले नाचगान, खानपीन र नव आगन्तुक शेर्पाहरुसँग परिचयसहित रमाइलो गरी मनाएका छन् । खेतीपाती समय व्यस्त समय पूरा भए पछी शेर्पा समुदायले यो पर्वलाई धुमधामका साथ नाचगान गरी मनाउने गर्दछन् । फांगी पर्वमा गाउलेहरु सवै एकै ठाउमा जम्मा भएर दुःख सुखका कुरा गर्ने र नाचगान गरी मनाउने गर्दछन् ।