संविधान बनाउने नाममा नाटकः वैद्य तर भट्टराई भन्छन ‘वैद्यलाई पनि सहमतीमा ल्याउछौं’


काठमाडौं, भदौं ३ –

 

babu-gi_20140220051409

संवैधानिक राजनीतिक संवाद तथा सहमती समितिका सभापति डा. बाबुराम भट्टराईले आगामी माघ ८ गतेभित्रै संविधान जारी गर्ने हिसाबले समितिले विभिन्न पक्षसँग बहुआयामीक सहमतीको पहल गरिरहेको बताएका छन ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा संविधानमा संचार जगतको सुझाव दिन डाकिएका विभिन्न संचार माध्यममा आवद्ध पत्रकारमाझ सभापति भट्टराईले भने, ‘सकेसम्म संविधान माघ ८ भित्रै निर्माण गर्नुपर्छ । माघ ८ को लक्ष्मण रेखा नाघनु हुदैन । यदि त्यो लक्ष्मण रेखा नाघीयो भने फेरि पनि संविधान निर्माण प्रकृया लम्बीदै जान्छ ।’
मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी) संविधानसभा बहिष्कार गरेको र संविधानसभाको प्रकृयामा सहभागी हुन सहमत नभएकाले उसँग राजनीतिक तवरमा सहमतीको पहल भइरहेको भट्टराईले बताए । त्यसैगरी महिला, दलीत, जनजाती, मानवअधिकारवादी र पत्रकार जगतसँग पनि सुझाव माग्ने काम जारी रहेको उनले स्पष्ट पारे ।
तर नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले संविधान बनाउने नाममा दलहरुले संविधानसभा भित्र नाटक गरिरहेको बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघले भरतपुरमा मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बैद्यले आफ्नो पार्टी लगायत अन्य शक्तिहरुलाई समावेश नै नगरी बनाउन लागिएको संविधान जनताको संविधान नहुने दावी गरे ।

0

उनले प्रधानमन्त्री शुशिल कोइरालाले आफूहरुको माग अनुसार सर्वपक्षीय गोलमेच सम्मेलन गर्ने बताएपनि अहिले सम्म त्यो गर्ने तर्फ कुनै संकेत नदेखाएको बताए । एक महिनाअघि बसेको पार्टीको केन्द्रीय कमिटिको बैठकले संघर्ष बिना निकास ननिस्कने भएकाले संघर्ष गर्ने मुद्दा अगाढि बढाउन पार्टी लागिपरेको उल्लेख गरे ।