कटुवाल र प्रचण्डको दोहोरी शुरु ,’कटुवालले मेरो रौं पनि हल्लाएको थिएन’- प्रचण्ड


काठमाडाै भदौ ३-

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालको पुरानो आरोप प्रत्यारोपको दोहोरी फेरी शुरु भएको छ । पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालले आफ्नो आत्मकथा प्रकाशित गरे पछि कटुवाल र प्रचण्ड बिच फेरि दोहोरी शुरु भएको हो ।

आफ्नै निवास लाजिम्पाटमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले कटुवालको आत्मकथा अहिले सम्मकै ‘वाहियात’ भएको टिप्पणी गरेका छन् ।

कटवाल शिकारी का रुपमा प्रयोग हुने मान्छे भएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले यसबाट माओवादीको रौं पनि नहल्लिएको बताए । आत्मकथाका धेरै कुराहरु तथ्यहीन छन्, पत्याउन पनि गाह्रो लाग्ने छ ।’ कटवाल अवसरवादी व्यक्ति भएको प्रचण्डले बताए । ‘हिजो राजतन्त्रको सबैभन्दा गुनगान गाउने कटवाल नै हुन्, गणतन्त्र आएपछि आफैँले ल्याएजस्तो गर्दैछन्,’ प्रचण्डले भने । दाहालले कटवाललाई अवसरवादीको संज्ञा दिए । ‘ऊ अवसरवादी हो,’ कटवालप्रति दाहालको आक्रोस थियो, ‘राजतन्त्र छऊन्जेल बचाउन लाग्यो । गणतन्त्र आएपछि राजालाई छाड्यो । उनी गणतन्त्र आफैंले ल्याएजस्तो गर्दैछन् ।’

rukmangad_katwal_20140815100747
यता पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले प्रकाशित आफ्नो आत्मकथामा उल्लेखित माओवादीलाई आफ्नो प्रधानसेनापतित्वकालमा सैनिकमञ्चमा आमसभा गर्न नदिएको तथ्यमा कुनै असत्यता नरहेको प्रस्ट पारेका छन्।
आफू प्रधानसेनापति हुनुअघि २०६३ जेठ १९ गते टुँडिखेलमा आयोजित सभाबाट केही माओवादी स्वतस्फुर्त रुपमा सैनिक मञ्चमा छिरे पनि त्यो घटनाबारे आफूले आत्मकथामा उल्लेख नगरेको उनले उल्लेख गरेका छन्।
उनले फेसबुकमार्फत जारी प्रस्टीकरणमा उल्लेख गरेका छन्, ‘मैले प्रधानसेनापतिको फुली लगाएको २०६३ भदौ अन्तिम साता हो, अहिले सामाजिक सञ्जालमा उल्लेखित घटना २०६३ जेठ १९ गतेको हो, जतिबेला म चिफ भएकै थिइनँ । खुलामञ्चमा गरिएको माओवादीको त्यो सभाबाट एउटा हुल स्पोन्टेनियस्ली सैनिक मञ्चतिर पनि छिरेको मैले थाहा पाएको हुँ। यो कुरा त्यतिबेलाका पत्रपत्रिकाले समेत उल्लेख गरेकै छन्। त्यतिबेला अचानक आइपरेको परिस्थितिबाट ठूलो जनधनको क्षति हुन नदिन सेनाले संयमता अपनाएको थियो। म चिफ नहुँदाको घटना भएकाले यसबारे पुस्तकमा उल्लेख गरिएको छैन।’