दैनिक छापामा मुख्य खबरहरु


काठमाडौँ, भदौ ३

राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले बाढी पीडितहरु एक महिने बालकसहित सडकमा बास भएको गृहमन्त्रीले राहत र उद्दार कार्य प्रभावकारी रुपमा भएको भनेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले बाढीपीडितको आँसुको भेल नथामिएको, माइतीघर(तीनकुने सडक खण्डमा खाल्डै खाल्डा भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी सिंहदरबारले सुर्खेतको पीडा नदेखेको, विपक्षीको अवरोधपछि प्रधानमन्त्रीको नेतृत्वमा उच्चसमिति बनेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले उपचारका लागि एमाले अध्यक्ष केपी ओली दिल्ली जाने, एमाओवादी अध्यक्ष प्रचण्डले जनताको विपत्तिमा सरकार मूकदर्शक बनेको बताएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले एकमहिने बालकसहित सडकमा बास भएको, धर्म निरपेक्षताबाहेक सात विषय असंशोधनीय रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।