१ सय ७५ औ फोटाग्राफी दिवस, देश भर विविध कार्यक्रम गरि मनाइदै


काठमाडौँ, भदौ ३ –

आज १ सय ७५ औ फोटाग्राफी दिवस, देश भर विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । देश भर फोटो पत्राकार हरुले बिभिन्न र्‍याली, फोटो प्रर्दशनी गर्दै मनाई रहेका छन् । 

राष्ट्रिय फोटो पत्रकार समूहको अगुवाइमा निकालिएको र्‍याली प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट सुरु भएर भद्रकाली, सहिद गेट, सुन्धारा, शान्तिवाटिका र पुरानो बसपार्क हुँदै पूर्ण भृकुटीमण्डपमा पुगी कोणसभामा परिणत भएको थियो ।
सोही अवसरमा समूहका अध्यक्ष कवीन्द्रमान शाक्य र फोटोग्राफी सङ्घका अध्यक्ष बालकृष्ण श्रेष्ठलगायतले फोटो पत्रकारिताको विकासलाई अझै अगाडि बढाउनका लागि सबै सरोकारवाला निकायसँग आग्रह गर्नुभयो ।
फोटोग्राफीलाई व्यवसायी बनाएर लाग्न सबै एक हुुनपर्ने उनीहरुले बताएका छन् ।