दलित आन्दोलनका अगुवा भवे सार्कीको निधन


पाेखरा,भदौैं ३-
नेपाली प्रजातान्त्रिक तथा दलित आन्दोलनका अगुवा भवे सार्कीको सोमबार बिहान मृत्यु भएको छ । उच्च रक्तचाप र मधुमेहका बिरामी सार्कीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी ७२ बर्षका थिए । विपी कोईरालाबाट प्रभावित भएर सानै उमेरदेखि उनी कांग्रेसमा आवद्ध भएर सक्रिय थिए । उनी यो उमेरमा पनि पोखराको बगरमा जुत्ता सिलाउने काम गर्थे । सार्की नगरविकास प्रशिक्षण केन्द्र नजिक सुकुम्वासि बस्तिमा बस्दै अाएका थिए । लामाे समय देखि पिएन क्याम्पस गेट अगाडि जुत्ता सिउने पेशामा रहेका उनि २०६२/०६३ काे अान्दाेलन पछि उक्त ठाँउमा बस्दै हुन क्याम्पस अगाडि धेरै अान्दाेलन देखेका सार्किले निरकुंश सत्ताका विरुद्ध हुँदै अाएका अान्दाेलनमा साथ दिदै अाएका थिए । दलित नेता भएर पनि उनि कहिल्यै सुविधाकाे पछी लागेनन् ।
दलित संघ तथा पार्टीका विभिन्न जिम्मेवारी लिएर उनले ठूलो योगदान दिएको र उनको निधनले अपुरणीय क्षति पुगेको दलित संघ कास्कीका अध्यक्ष हरि परियारले बताए । २०२८ सालेदेखि कांग्रेस राजनीतिमा होमिएका उनी जेल पनि परेका थिए । सार्कीका श्रीमती, ३ छोरा र ३ छोरी छन ।