भत्किएछन् सबै आशाका पूलहरु


-आरजु बिष्ट “सल्यानी”-

 

भत्किएछन् सबै आशाका पूलहरु
सुकिसकेछन् कठै पानीका मूलहरु ।

आशाहरु मरिसके ब्यूँझिन्नन् अब
ताराहरु झरिसके झुल्किन्नन् अब,
सकिएछन् सबै मानवताका कूलहरु
सुकिसकेछन् कठै पानीका मूलहरु ।

सडक भन्थें साथी मेरो होईन रहेछ
झुपडिको वास पनि जलाईने रहेछ,
अग्लिएछन् सबै धनवानका गजुरहरु
भत्किएछन् सबै आशाका पूलहरु ।

भत्किएछन् सबै आशाका पूलहरु
सुकिसकेछन् कठै पानीका मूलहरु ।

साहित्यकार रेडियो अन्नुपूर्ण पोखराका समाचार प्रमुखमा कार्यरत छन् तथा नेपाली संगीतका कुशल रचनाकार पनि हुन् ।