कास्कीमा युवा लक्षित ब्यबसायिक तरकारी उत्पादन कार्यक्रमको अुनगमन


घनश्याम पाण्डेय
पोखरा, भदौ ४-

जिल्ला कृषि विकास कार्यलय कास्कीको अनुदानमा संचालीत युवा लक्षित ब्यबसायिक तरकारी उत्पादन कार्यक्रमको आज विभिन्न ठाँउको अुनगमन सम्पन्न भएको छ ।पोखराको मालेपाटन ,हेम्जा ,दिप ,भद्रकाली मुस्ताङचोक लगायतको क्षेत्रमा अनुगमन गरीएको हो ।

जिल्ला कृषि विकास कार्यलय कास्कीको सहयोगमा संचालीत युवा स्वरोजगार अन्तरगत कास्कीका १९० जना युवा कृषकहरुले नगद ४० हजार अनुदान प्राप्त गरेका थिए पहिलो चरणमा ४० जना कृषकले अुनदान प्राप्त गरेका थिए भने दोश्रो चरणमा १ सय ५० जना कृषकले प्राप्त गरेका थिए । उनिहरुले प्राप्त गरेको रकमको सही सदुपयोग भए नभएको अनुगमन गर्न जिल्ला कृषि विकास कार्यलय कास्कीका प्रमुख रमेशप्रसाद कोइराल सहित जिल्ला विकास समिति , जिल्ला पशुसेवा कार्यलय ,महिला तथा बालबालिकको कार्यलय ,विभिन्न राजनैतिकदलका प्रतिनिधि र पत्रकार सहित गएको टोलीले अनुगमन गरेको हो ।

10506601_888711494490857_8608849187281043131_o

 

केही किसानहरुले भने अनुदान रकमको सहि सदुपयोग गरेको भए पनि जिल्ला कृषि विकास कार्यलयको अनुदानमा सहयोग लेखिएको ब्यानर आफ्नो फममा देखीने गरी नटासेको भेटीएको थियो ।
आफुहरुले अनुदान पाएर कृषि कार्यगर्न प्रोत्साहन मिलेको अनुदान पाएका कृषकहरुले प्रतिक्रिया दिइएका छन् ।

10507159_888710897824250_2351244789832366876_o-2
अनुदान प्राप्त गरेका कृषकहरुले सहि सदुपयोग गरेको नपाएमा कार्बाही गर्ने जिल्ला कृषि विकास कार्यलय कास्कीका प्रमुख रमेशप्रसाद कोइरालाले बताउनु भयो ।
अनुगमनमा सहभागीहरुले अनुदानले कास्की लाई तरकारीमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताएका थिए । अनुदान बाट कृषकहरुले गोलभेडा खेती , पलाष्टिक टनेल निर्माण , सिचाई , बेर्ना उत्पादन लगायतका क्षेत्रमा खर्चगरीएको बताएका छन् ।