एगा र टेसाद्वारा फेवाताल सरसफाई


पोखरा २ भदौ

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोशियसन(एगा) र ट्रेकिङ इकुप्मेण्ट एसोशियसन (टेसा)को संयुक्त आयोजनामा आइतबार फेवातालको जलकुम्भी झार निकालेर ताल सरसफाई कार्यक्रम गरेको छ । सस्थाले आइतबार विहान करिव ८० जनाको सक्रिय सहभागितामा गरेको कार्यक्रमबाट जलकुम्भी झार करिव २० ट्रक निकालिएको संस्थाले जनाएको थियो ।

पोखराको गहना फेवाताल संरक्षण हुन नसक्दा जिम्मेवार निकायको लार्पवाहीले ताल कुरुप हुन पुगेको बक्ताहरुले बताएका छन् । पर्यटकीय सहर पोखरामा तालसंंग सम्वन्धीत संस्थाहरु दुइ दर्जन भन्दाबढी भएतापनि तालको नाममा भ्रष्टाचार भएको समेत औल्याएका थिए । एगा र टेसाले शुद्ध तालको सेवा गर्ने सस्थाहरु पैसाको पछि लागेर तालको वेवस्ता गरेकोमा दुःख ब्यक्त गरेका थिए । मुहनबाट संरक्षण हुन सके तालमा जलकुम्भीले नसताउने उल्लेख गर्दै कार्यक्रममा नगरपालिकाले फोहोर फाल्न समेत गाडि उपलब्ध नगराएको दुःख ब्यक्त गरेका थिए ।

विभिन्न संघ संस्था, रेम्बो चिल्ड्रेन हाउस र पर्यटन प्रहरीको पनि सहभागितामा जलकुम्भी निकाल्ने कार्य भएको एगाका अध्यक्ष श्रेष्ठले जनाएका छन् । जलकुम्भी झारलाई मल बनाउन, ह्याण्डीक्रयाफ्टका सामग्री निमाण गर्ने जस्ता कार्यमा प्रयोग हुने भएपनि त्यसतर्फ कसैको चासो नगएकोमा चिन्ता ब्यक्त गरेका थिए । नगरपालिका कार्यालयले फेवाताल बचाउन कुनै पहल नगरेको गुनासो गर्दै उल्टो कार्यक्रममा प्रमुख अतिथिको निम्ता दिँदा समेत वेवास्ता गरेकोमा चिन्ता समेत ब्यक्त गरेका थिए ।

एगाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एगाका सचिव छन्द घरेलले गर्नुभएको थियो ।