पांचौ लिटिलस्टेप अण्डर टुवेल हेण्डवल प्रतियोगिता जारी


पोखरा २ भदौ

पोखरा ८ सिमलचौरमा रहेको लिटिलस्टेप उच्च माविमा जारी पांचौ चरणको अण्डर टुवेल छात्र छात्रा हेण्डवल प्रतियोगिता अन्तर्गतका लीग र क्वाटर चरणका खेलहरु सम्पन्न भएका छन ।

प्रथमिक विद्यालयका विद्यार्थीहरुलाई खेलकुदको माध्यामबाट भाइचारा बढाउने उद्देश्यले आयोजना गरेको प्रतियोगित अन्तर्गत आइतबार सम्पन्न क्वाटर फाइनल खेलमा सोसल पब्लीकले पोखरा लर्नरर्सलाई ११–३ को गोल अन्तरले पराजित ग¥यो भने, सैनिकले पोखरा एकेडेमीलाई १४–० को गोल अन्तरले पराजित ग¥यो ।

यसैगरी मनकामनाले मा.अन्नपूर्णलाई ११–३ को गोल अन्तर हरायो भने ज्ञानज्योतिले विन्ध्येश्वरीलाई १५–१ को गोल अन्तरले हराई सेमी फाइनलमा प्रवेश गरे । छात्रतर्फको सेमी फाइनल खेल भोलि बिहान ७ः३० बजे सोसल पब्लीक र मनकामना तथा सैनिक र ज्ञानज्योतिबीच हुनेछ ।

यसैगरी छात्राहरुतर्फको सेमी फाइनल खेलमा सैनिक र लिटिल स्टेपबीचको प्रतिस्पर्धामा लिटिल स्टेपले सैनिकलाई १०–० को गोल अन्तरले पराजित ग¥यो भने मा.अन्नपूर्णले सरस्वती विद्याश्रमलाई ८–१ को अन्तरले हराउँदै फाइनलमा प्रवेश गरे ।

लिटिल स्टेप र मा.अन्नपूर्णबीचको छात्रातर्फको फाइनल खेल सोमबार दिउँसो १ बजे हुनेछ । यसरी नै छात्रतर्फको फाइनल खेल सोमबारनै दिउँसो ठीक ३ बजे हुने भएको छ । सोमबारनै प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई एक समारोहका वीच पुरस्कार प्रदान गरिने विद्यालयका संस्थापक शेर बहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा पोखराका विभिन्न विद्यालयका छात्र तर्फ १८ र छात्रातर्फ १० टीम सहभागी छन ।