तायाःमचाः प्रतियोगितामा मालेपाटन प्रथम


पोखरा, १ भदौ

नेवा खल कास्कीको आह्रवान तथा भिमसेन टोल सुधार समितीको आयोजनामा हिजो भएको तायमचा नृत्य प्रतियोगितामा मालेपाटन तायमचा समिती बिजयी भएको छ । पोखराका बिभिन्न १९ टोल बिच भएको प्रतिस्पर्धामा अन्य १८ टोलीलाई पछि पार्दै मालेपाटनको तायमचा नाच बिजयी भएको हो । बिजयी टोलीलाई नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखले रु १५ हजार, शिल्ड तथा एउटा खसी प्राप्त गरेको छ बितरण गरेका थिए ।
दोस्रो भएको तेर्सापट्टीले रु १० हजार, तथा बोका पुरस्कार प्राप्त गरेको छ । उक्त पुरस्कारको बितरण भिमसेनटोल सुधार समितीका अध्यक्ष सुरेश बजिमयले गरेका थिए । यसैगरि मोहोरियाको तायमचा तेस्रो भएको छ । मोहोरियाटोलले रु ५ हजार रुपैया र एउटा भाले पुरस्कार प्राप्त गरेकोछ । तायमचा नृत्य प्रतियोगितामा भैरबटोल र बागबजारको तायमचाले सान्तन्वा स्थान ओगटेको छ ।
यसैगरि गौडामुख भद्रकालीको समुहले उत्कृष्ट जोकर, बगालेटोलले उत्कृष्ट बाद्यबादन, बागबजारले उत्कृष्ट श्रृङ्गार र तेर्सापट्टीले उत्कृष्ट ख्यालीको उपाधी पाउन सफल भएका छन् । सान्त्वना हुने दुई टिमल्ऽाई जनही २ हजार ५ सय, प्रदान गरिएको छ भने उत्कृष्ट बाद्यबादन, उत्कृष्ट श्रृङ्गार, उत्कृष्ट जोकर, ख्याल्ऽी बजाउनेल्ऽाई एक हजार प्रदान गरिएकोछ । टाढाबाट प्रतियोगितामा सहभागि हुने टिम लामाचौरल्ऽाई प्रोत्साहन स्वरुप २ हजार प्रदान गरिएकोछ । उक्त कार्यक्रमका निर्णायकमा बिम्बकबि प्राज्ञ रमेश श्रेष्ठ, संस्कृतिकर्मी तिर्थमान प्रधानाङ्ग, अष्टमान प्रधानाङ्ग, आनन्द श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, सुवर्ण बज्राचार्य, कल्याणी श्रेष्ठ, सुबिन्द्र श्रेष्ठ रहेका थिए । यस अघि कार्यक्रमको उद्घाटन गर्दै पुनराबेदन अदालत पोखराका मुख्य न्यायधिश बिश्वम्भर श्रेष्ठले प्रतियोगितात्मक रुपमा तायमचा नृत्यको आयोजना गर्नाले संस्कृति सदैब जिवित रहने कुरामा जोड दिएका थिए ।

tayamacha-pokhara-2
कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, नेवा खल कास्कीका उपाध्यक्ष तिर्थ श्रेष्ठ, आदिबासी जनजाती महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ति, जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरिक्षक बसन्त कुमार लामाले बोलेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरिक्षकलाई समाजमा रहेका बिकृति बिसंगतीलाई हटाउन उल्लेखनिय भुमिका खेलेको भन्दै भिमसेन टोल सुधार समितीले सम्मान गरेको थियो ।
कार्यक्रम भिमसेन टोल सुधार समितीका अध्यक्ष सुरेश बजिमयको अध्यक्षतामा भएको थियो । महोत्सब अन्र्तगत आज साँस्कृतिक तथा सांगितिक कार्यक्रम हुनेछ । महोत्सवमा फुड फेष्टीवल्ऽ, नेवारी संस्कृति झल्ऽ्काउने नृत्य, बासुरी वादन, ल्ऽाखे नाच, घोडा नाच, चौरी नाच, जनजाती नाच तथा यूवाहरुल्ऽाई आकर्षित गर्न