पोखराको होर्डिङ बोर्डको जिम्मा पोखरा उद्योग बाणिज्य संघलाई “घर घरमा राखिएका होर्डिङ बोर्ड निर्देशीका ल्याएर हटाउने तयारी”


दिननाथ बराल पोखरा १ भदौ

पर्यटकीय नगरी पोखरामा हाल अस्त व्यबस्त रुपमा रहेको होर्डिङ बोर्ड अब भने व्यबस्थीत पारीने भएको छ । यस अघि पोखरा उप–महानगरपालीका कार्यालयले एक व्यक्तिलाई ठेक्काको रुपमा दिने गरेको होर्डिङ बोर्डको जिम्मा यस बर्षदेखि भने सरोकार संस्था पोखरा उद्योग बाणिज्य संघलाई दिएको छ ।
आगामी तीन बर्षको लागि नगरपालीकाले संघलाई पोखरा क्षेत्रको सार्वजनिक क्षेत्रमा राखिने होर्डिङ बोर्डको सम्झौता गरेको हो । बार्षिक २० लाख रुपैया दिने गरी हालै सम्झौता भएको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजीव बहादुर कोइरालाले बताए । अघिल्लो बर्ष उक्त होर्डिङ बोर्डको बर्षीक रुपमा नगरपालीकाले १२ लाख मात्र लिने गरेको थियो । हरेक बर्ष १० प्रतिशतले शुल्क बृद्धि गर्ने गरी नगरपालीकासंग सम्झौता भएको बताएका कोइरालाले अब आफुहरुले निर्देशीका अनुसार बोर्डिङ बोर्डलाई व्यबस्थीत पार्ने दाबी गरे ।
व्यक्तिलाई दिने ठेक्का प्रथालाई निरुत्साहित गर्न पनि पोखरा उद्योग बाणिज्य संघलाई होर्डिङ बोर्डको व्याबस्थापन गर्ने गरी ३ बर्षको लागि सम्झौता गरेको पोखरा उपमहानगरपालीका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले बताए । पोखरा क्षेत्रमा १२ वाई १२ फिटको अधिकतम होर्डिङ बोर्ड राख्न दिने समेत उनले जनाए ।
घर घरमा रहेका होर्डीङ बोर्डलाई समेत व्यबस्थीत पार्न होर्डिङ बोर्ड व्याबस्थापन निर्देशीका ल्याउने तयारी भएको अभिकारीले जनाए । उनले भने “हामीले पोखरालाई होर्डिङ बोर्डलाई व्यबस्थीत पार्नुका साथै प्लास्टीकको झोला निषेधित गर्न र घरवाल करको भदौको दोश्रो सातासम्म एकै साथ तीन वटा निर्देशीका जारी गर्ने गरी तयारीमा जुटेका छौं। ” पोखरामा राखिने गरेको होर्डिङ बोर्ड अबदेखि धेरै व्यबस्थीत हुने अधिकारीले विश्वास लिएका छन ।
यसै विच राजधानिमा भने नयाँ होर्डिङ बोर्ड राख्न नदिने गरी सरकारले तयारी गरेको छ ।