हिमालय क्लवद्धारा विभिन्न व्यक्ति सम्मानित, खेलकुद कोषमा १ लाख रुपैया संकलन


शिशिर पौडेल

पोखरा १ भदौ-

पोखराको बाटुलेचौरमा रहेको हिमालय क्लवले सरकारका उपसचिव सहित विभिन्न व्यक्तीलाई सम्मान गरको छ ।
क्लवको १८ औँ साधारण सभाको अवसरमा अर्मला निवासी नेपाल सरकारका उपसचिव गंगाबहादुर बस्नेतलाई विषेश सम्मान गरको छ । बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथि कवि एवं संस्कृतिकर्मि तीर्थ श्रेष्ठ, सभासद शारदा पौडेल,क्लवका अध्यक्ष जिवनारायण श्रेष्ठ, सल्लाहाकार रामबहादुर बानियाले सम्मानपत्र सहित मायाको चिनो र सल ओढाएर सम्मान गर्नभयो । निजामती सेवामा लागेर पनि कास्कीको समग्र विकासमा योगदान पुराएको भन्दै बस्नेतलाई सम्मान गरिएको हो । त्यस्तै क्लवले युवा व्यवसायी गणेश थापा र समाजसेवी झलक थापालाई पनि सम्मान गरको छ ।
यस अघि साधारण सभाको उद्धघाटन गर्दैै कवि एवं संस्कृतिकर्मि तीर्थ श्रेष्ठले पछिल्लो समयमा रिती रिवाज र प्राचिन संस्कृति माथि हस्तक्षेप भएको बताउदै यसको स्ांरक्षण गर्न नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताउनु भयो । उहाँले रिती रिवाज र संस्कृति विर्सदै गएका कारण राष्ट्र कमजोर बनेको बताउदै राष्ट्रिय समृद्धिको लागी संस्कृति संरक्षण आवश्यक रहेका बताउनु भयो । उहाँले क्लवद्धारा संचालित पुस्तकालयलाई पुस्तक उपलव्ध गराउने प्रतिवद्धता जनाउनु भयो । सभासद कुमार खड्काले यस क्षेत्रको समग्र विकासका लागी राजनितिलाई पछाडी राख्ने बताउनु भयो । विकासका लागी सबैसँग सहकार्य गरेर अघि बढने आफ्नो लक्षय रहेको बताउनु भयो ।
अर्का सभासद सारदा पौडेलले पोखरा १६ को विकासको लागी समन्वय गर्न आफू तयार रहेका बताउनु भयो ।उहाँले क्लवको खेलकुद कोषमा दश हजार रुपैया हस्तानतरण गर्नुभयो । क्लवका अध्यक्ष जिवनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मानार्थ सदस्य उदयबहादुर बस्नेत, पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेल, विन्धवासिनी उच्च माविका प्राचार्य खिमलाल अधिकारी ,नागरिक बचतका अध्यक्ष नरनाथ भट्टराई, एमाले पोखरा १६ का अध्यक्ष सुवास अधिकारी, क्लवका सदस्य शुशिला थापा लगायतले बोल्नु भएको थियो ।
क्लवले खेलकुृदको विकासका लागी सचिव मोहन थापाको संयोजकत्वमा खेलकुद उपसमिति गठन गरेको छ । साथै खेलकुद कोषमा आज मात्रै १ लाख रुपैया संकलन भएको छ । कार्यक्रममा क्लवले सभासद खड्कालाई मानार्थ सदस्यको सदस्यता प्रदान गरको छ । लोकदोहरी गायिाका चन्द्रा कार्कीले कार्यक्रममा केहि तिजे भाका समेत प्रस्तुत गर्नुभएको थियो । बन्दसत्रले सचिव मोहन थापा र कोषाध्यक्ष प्रकाश थापाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरको छ ।