हत्याको अभियोगमा काका पक्राउ


पोखरा, १ भदौ
आफ्नै भतिजी हत्या गरी फरार कास्की रिभान गाविस–४ बस्ने  मानबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै पाँच वर्षीया भतिजी मन्जिला विकको बिहीबार हत्या गरी फरार भएका अभियुक्तलाई ल्वाङ्घलेल गाविसको घलेल गाउँमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेके हो ।अभियुक्तले भतिजी विद्यालयबाट घर फर्किने क्रममा बाटामा “पाउरोटी किनिदिन्छु” भनी फकाई निजकै बाटामा लगेर काठको घोचाले टाउकामा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
आफ्ना दाइसँग भएको घरायसी रिसइबीका कारण भतिजीको हत्या गरेको अभियुक्तले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले निजलाई जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । रासस