पहिरोले स्याङजा सेतीखोलाको पक्की पुल जोखिममा, ग्रामीण सडक खण्ड अबरुद्द हुदा सास्ती


मनु क्षेत्री
साउन ३१ –
स्याङजा जिल्लाको फेदीखोला र भाटखोला जोड़ने सेतीखोलामाथिको पक्की पुल पहिरोको कारण जोखिममा परेको छ ।  बिगत तीन दिन देखि लगातार परेको भारी बर्षाको कारणले सवारी आवागमन समेत बन्द भएको छ ।

खड्केटारी पंचासे ग्रामिड सड़क अन्तर्गत पर्ने ठाउमा गएको पहिरोले सड़कको केहि भाग भास्सिएर तल बग्नुका साथै पुलको सुराक्षार्थ लगाइएको तटबंधनमा समेत बगाएको छ ।
करिब ३ बर्ष अघि बाट पक्की पुल संचालन आउदा त्यस क्षेत्र वरिपरिका हजारौ बासिन्दाहरुले लाभ लिएका थिए तर तटबंधननै बगाएर पुल जोगीममा परे पछि निराशा पारिदिएको छ ।
फेदीखोलाको खड्केटारी बाट भाटखोला, बांगे-फड़के बङ्सिङ देउराली हुदै, जिल्लाको पर्यटकिय, तथा धार्मिक क्षेत्र पञ्चासे सम्मको सबारी आवागमन ठप्प भएको छ ।

भारी बर्षाले गर्दा पर्बत जिल्लाको आर्थर काहुले हुदै दोबिल्लाबाट कुश्मा बाग्लुंग सड़क सँग जोडिने उक्त ग्रामीण सड़क खण्ड बन्द हुँदा भाटखोला गाबिस , बांगे-फड़के र बङ्सिङ देउरालीका बासिन्दाहरुले सास्ती खेप्नु परेको छ ।
बिगत ३-४ दिन यता देशभर भारी बर्षा हुदा देशभर धनजनको क्षेती भईरहेको छ ।

तपाईको प्रतिक्रिया