चरीको पोस्टमार्टम भयो, छानबिन नगरेसम्म लाश बुझ्दैनौ- चरीका आफन्त


काठमाडौँ, साउन ३१-

प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ को शव १० दिनपछि पोस्टमार्टम भएको छ। यद्यपी लाश भने परिवारले बुझेका छैनन। घटनामा मारिएका चरीका दाजु ध्रुब अधिकारीले पोष्टमार्टम भएपनि आफूहरूले लास भने नबुझ्ने बताएका छन् भनी सेतोपाटीले लेखेको छ । 

‘धेरै दिन भएकाले पोस्टमार्टम गरेका हौ, लाश चै हामी बुझ्दैनौ,’ अधिकारीले भने, उनको शरीरमा सात गोली लागेको रहेछ। ६ गोली चै पछाडिबाट अगाडि निस्किएको रहेछ र एक गोली मेरुदण्डले छेकेर राखेको रहेछ।’

उनले भने, ‘घटना झन शंकास्पद भएको छ, यसको सत्य तथ्य छानबिन नगरेसम्म लाश बुझ्दैनौ।’
पेस्तोलबाट भएको गोली प्रहारबाट चरीको गोली मुटु, फोक्सो कलेजो सबै छेडेको छ डाक्टरलाई उदृत गर्दै अधिकारीले भने, जबकी एउटा मान्छे ६-७ गोली लाग्दासमेत एकै ठाउँमा कसरी लड्न सक्छ?’
चरीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो। अहिले उनको शव टिचिङमै रहेको दाजु अधिकारीले बताए।
गत साउन २१ गते काठमाडौँको भीमढुंगामा भएको ‘इनकाउन्टर’मा ‘चरी’ को मृत्यु भएको थियो। उनी एमालेका धादीङ निर्वाचन क्षेत्र नम्बर १ का पूर्व उपाध्यक्षसमेत थिए।