कृष्ण जन्माष्टमी पर्वको तयारी अन्तिम चरणमा


पोखरा, ३१ साउन-
भदौ १ गते आइतबारका दिन हिन्दु धर्मावलम्वीहरुको महान पर्व कृष्ण जन्माष्टमी परेको हुँदा विगतका वर्षहरु जस्तै यस वर्ष पनि कृष्ण जन्माष्टमी पर्वमा विहानदेखि पूजापाठ, कृष्ण महिमा सम्बन्धी प्रवचन, भजनकीर्तन सहित राति पूजा गरी भगवान कृष्णको जन्मपश्चात जन्माष्टमी पर्व भव्य तथा सभ्य रुपमा सम्पन्न गर्न मन्दिर व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ ।

वाचन शिरोमणि पं.दिपक सापकोटाका मुखारविन्दुबाट कृष्ण महिमा सम्बन्धी प्रवचन हुने सो पर्वमा भक्तजन, मन्दिरका आजीवन सदस्य, साधारण सदस्य लगायत सर्वसाधारणहरुको व्यापक उपस्थिति रहने हुँदा उक्त दिन मन्दिरमा व्यवस्थित तरिकाबाट भगवानको दर्शन तथा पूजापाठ गर्न र मन्दिरमा आउने भक्तजनहरुको सेवा गर्न विभिन्न उपसमितिहरु गठन गरिएको छ ।