चरी,खुश्वु र अर्पण कोईराला बिचको नयाँ रहस्य


काठमाडौं, साउन ३१ –

खुश्वु पूर्वप्रेमी अपर्ण कोइरालाले खुश्वुले आफूलाई आठ वर्षसम्म माया गरेर धोका दिएको बताएका छन् । नयाँ पत्रिका दैनिकसँग भारतबाट अन्र्तवार्ता दिँदै उनले खुश्वुले चरीसँग माया गर्न थालेको कुरा आफूले ६ महिनाअघि मात्रै थाहा पाएको बताएका छन् ।

खुश्वु चरीतिर लागेको पहिलो पटक कसरी थाहा पाउनुभयो भन्ने प्रश्नमा अर्पण भन्छन्-
धेरै पुरानो कुरा पनि होइन, ६ महिनाअघि म कामको सिलसिलामा दिल्लीमा थिए । खुश्वु र मेरो बीचमा असाध्यै राम्रो समझदारी थियो । हामी एक अर्काका फेसुबक चलाउथ्यौं । एक दिन उहाँले अस्ट्रेलियाको एक जना साथीसँग च्याट गर्नुभएको रहेछ । त्यसमा लेखिएको थियो ,What a waste of time it was, i was having relation with such a dumb person for 8 long year. but now i am in love with dinesh adhikari chari. he is so romantic and our love in on the air. यो संवाद देखेर म छाँगाबाट खसेजस्तो भएँ । त्यो बेला मैले आखाँ देखिन । यो संसारबाट विश्वास भन्ने चिज केही नै हुँदो रहेनछ भन्ने लाग्यो । खुश्बुलाई जथाभावी गाली गरे ।

उनले खुश्बु र आफु मिलेर गाँजा फाँड्ने काम गरेको बताए । उनले खुश्बु र चरीका विचमा प्रेम भएको आफुले छ महिना पहिले मात्र थाहा पाएको बताएका छन् ।

उनले चरीलाई पैसा चाहिएको बेला आफुले दिने गरेको बताएका छन् । ‘चरीले नै मेरा साथीहरु छन्, जमघट गरौं भनेर प्रस्ताव गरेपछि एक दिन नारायणथानको घरमा पार्टी राखेको थिएँ ।

केही महिलासाथी मेरो घरमा पठाएर उसले खुश्बुलाई फोन गरेछ । भाउजु दाइ त साह्रै बिग्रनुभयो, हेर्न जानुस् भनेछ । अचानक खुश्बु मेरो घरमा आउनुभयो, ठुल्ठुलो स्वरले कराउन थाल्नुभयो । त्यहाँ एकछिन नाटक नै भयो ।’

 

‘चरीसँग मेरो झगडा भएको हो । उसले पनि मलाई मार्छु भनेको थियो । मैले पनि भनेको थिएँ’ अर्पणले भनेका छन्, ‘त्यो एउटा झगडाको बेला थियो, रिसमा बोलेको कुरा व्यवहारमा उतार्न को हिँड्छ ? कसले सक्छ ? म ढाँट्न सक्दिन् । म चरीलाई प्रहरीले पक्राउ गरोस् र जेलमा राखोस् भन्ने चाहन्थेँ । तर मैले चाहनु र नचाहनुको के अर्थ छ र ?’ अर्पणले खुश्वुलाई धम्क्याएर पठाइएका भनिएका कतिपय इमेल आफूले पठाएको भए पनि केही उनी स्वयंयले बनाएको दाबी गरेका छन् । चरी र खुश्वुले आठ वर्ष लामो माया र सपना लुटेकाले आफूले विक्षिप्त भएर त्यस्तो हर्कत गरेको उनले स्वीकारे ।

उनले खुश्वुलाई चरीले खोसेपछि आफू बिरामी नै परेको बताउँदै पछि आफू सम्हालिएको बताएका छन् । उनले गुमाएको पुरानो माया आफूले नचाहेको समेत स्पष्ट पारेका छन् । ‘चरी र खुश्वुले मेरा आठ वर्ष लामो माया लुटे, मेरो सपना लुटे । म त्यतिबेला विक्षिप्त भएको थिएँ । म बिरामी नै परेँ, तर जीवन यस्तै हो, चल्दै जान्छ भनेर मैले आफूलाई सम्झाएको छु । अब मैले गुमाएको माया पाउनु छैन । अगाडि बढ्नु छ । अगाडि बढ्न चरीको जस्तो बाटो रोज्नुपर्छ भन्ने मलाई लाग्दैन । मेरो त्यो हैसियत पनि छैन ।’
अर्पणले आफू पहिले लागु औषधको दुवब्र्यसनी भएको र आठ वर्षअघि लागुऔषध पुनस्र्थापना केन्द्रमा उपचार गराउने क्रममा नार्कोनन नेपालमार्फत खुश्वुसँग चिनाजानी भएको समेत बताएका छन् । ‘म बास्तजमा नार्कोनन्को स्टाफको रुपमा काम गर्न थालेको थिएँ । त्यही बेला राष्ट्रिय सभागृहको कार्यक्रममा खुश्वुसँग भेट भयो । हामीले एकअर्काका फोन नम्बर लियौं । पटकपटक भेट्यौं । र हाम्रो सम्बन्ध विस्तार हुँदै गयो,’ अर्पणले प्रेम सम्बन्ध विस्तारबारेरे बताएका छन् । अर्पणले खुश्वु आफ्नो खुशी भएको भन्दै आफूले बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा लाखौं खर्चेर पढाएको समेत बताएका छन् । ‘खुश्वु मेरो भविष्य हुन् भन्नेबाहेक मलाई केही थाहा थिएन । आफ्नो खुशीका लागि खर्च गर्नु सबैले कर्तव्य सम्झन्छन्, मैले पनि सम्झे’ अर्पण भन्छन् ।
अर्पणले चरीसँगको सम्बन्ध विकासबारे पनि बोलेका छन् । उनले साथीभाइ भेट्न अन्नपूर्ण होटलमा जाने क्रममा चरीसँग चिनजान भएको र उनको आनीबानी उनको आम छविभन्दा निकै पृथक रहेकाले पछि सम्बन्ध निकै प्रगाढ बनेको बताएका छन् । उनले सम्बन्ध सुमधुर हुँदै गएपछि चरीलाई गाडी र घर किन्नसमेत आफूले सहयोग गरेको खुलासा गरेका छन् । ‘म साथीलाई भेट्न अन्नपूर्ण होटलमा गइरहन्थें । उ डन हो भन्ने मलाई थाहा थियो । तर एकदिन चिनजान गर्दा निकै भलादमी लाग्यो । म छक्क परेँ । खुँखार गुन्डा भनेर चिनिएको मान्छे पनि यति भलाद्मी हुन्छ भनेर थाहा पाउँदा मलाई राम्रै लाग्यो । त्यसैले हामी साथीका रुपमा नजिकियौं।

हाम्रो मित्रता झाँगिएपछि मैले सकीनसकी उसलाई परेको बेला सहयोग गरेँ । उसले ८५ लाखमा भक्सवागन गाडी किन्न खोज्यो, तर माछापुच्छ्रे बैंकले ३५ लाख रुपैयाँ डाउनपेमेन्ट मागेको थियो । त्यो ३५ लाख नै मैले दिएको हो । भैंसे पार्टीमा घर बनाउँदा पनि मैले सहयोग गरेको थिएँ’ अर्पणले चरीसँगको विकसित सम्बन्धबारे यसरी बताएका छन् ।

अर्पणले एक दिन आफूले खुश्वुलाई अन्नपूर्ण होटलमा लिएर गएको र त्यहींं चरी र खुश्वुबीच परिचय भएको बताएका छन् । अर्पणले सुरुमा खुश्वुलाई चरीले भाउजु भनेर रेस्पेक्ट गर्ने भए पनि पछि आफूले अकल्पनीय धोका पाएको बताएका छन् । ‘‘एक दिन खुश्वुको घरमा पनि दिनेशलाई लिएर गएँ । उसलाई देखेर खुश्वुका बाबुआमा, दाजुभाउजु सबै दंग पर्नुभयो । तर देबर भाउजु भन्ने चरी र खुश्वुको सम्बन्ध बढेछ । मैले लामो समयसम्म पत्तै पाइनँ’ अर्पण भन्छन् ।

                                                      साप्ताहिक

डन समाप्त हुने विभिन्न कारणहरुमध्ये उसको गहिरो प्रेमसम्बन्ध नै हुन्छ भन्ने कुरा थुप्रै मुम्बइया चलचित्रमा देखिँदै आएको छ । चलचित्रले समाजकै कथा बुनेको हुन्छ भन्ने कुरालाई आधार मान्ने हो भने अहिेको सर्वाधिक चर्चित चरी मृत्यु प्रकरण पनि त्यसको नमुना देख्न सकिन्छ।

साउन २१ गते मारिएका भनिएका दिनेश अधिकारी ‘चरी’को मृत्युमा पनि प्रेम सम्बन्धका कुनै न कुनै छटा प्रष्ट रुपमा देखिन्छ। उनकी प्रेमिका खुश्वु ओलीले घटनाको खबर फैलिएको केही समयमै दिनेश र आफूबीच पारिवारिक सम्बन्ध रहेको बताउँदै उनको हत्या गरिएको र त्यसको एउटा कारण आफूसँगको दिनेशको सम्बन्ध भएको बताएपछि त्यसले थप पुष्टि पाएको हो।
घटनाका परिदृश्यमा प्रष्ट रुपमा मुख्य चार पात्र छन् , चरी, मोडल खुश्वु ओली, पूर्वप्रेमी अपर्ण कोइराला एवं प्रहरी एन्सपेक्टर कुमोद ढुंगेल। त्यस बाहेक चरीसम्बद्ध परिवारजन एंव उनको ग्याङका सदस्यहरु, सभासद, प्रहरी प्रशासन, गृहमन्त्री, दलका नेताहरु तथा अपर्ण र खुश्वुसँग सम्बन्ध रहेका व्यक्तिहरु सामान्य भूमिकामा छन् । आजको साप्ताहिकमा समाचार छ।
वास्तवमा केही मानिसका निम्ति प्रेमसम्बन्ध निकै भारी हुन्छ। मानिसहरु अफेयर ब्रेक भएको ट्रेजडीमा विभिन्न समस्याको सिकार हुन्छन् तर, दिनेश अधिकारी अर्थात चरीले भने ज्यानै गुमाउनुपरेको छ।
चलचित्रको क्लाइमेक्स सिनलाई प्रहरीले भीमढुंगामा बिसाएपनि चरी निकट पात्रहरुको सक्रियताका कारण यो कथा केही लम्बिने संकेत देखिएको छ।
प्रेमिका खुश्वुले चरीलाई इन्काउन्टरमा मारिएको भनेर खुला रुपमा भनेपछि चुनावी दिनमा चरीको पर्याप्त सहयोग पाएका धादिङका ३ जना सभासदले सदन चर्काए ।
संसदलाई प्रहरीसँगको मुठभेडमा चरीको मृत्यु भएको विवरण दिने गृहमन्त्रीको प्रतिवेदनमाथि एमालेसम्बद्ध धादिङका सभासदहरुले चित्त नबुझाएपछि सरकार घटनाको संसदीय छानविन गराउने अवस्थामा पुगेको छ ।