बाढी पहिरोबाट ५३ जनाको मृत्यु झण्डै सय वेपत्ता, हजारौ विस्थापित


काठमाडौं ३१ साउन

बाढी पहिरोका कारण देशभर ठूलो संख्यामा जनधनको क्षति भएको छ । देशका विभिन्न जिल्लामा गरि ५३ जनाको मृत्यु भएको छ । मध्यपश्चिममा सबैभन्दो ठूलो क्षति भएको छ । गृह मन्त्रालयका अनुसार बाढी पहिरो र ढुबानमा परी ५३ जनाको मृत्यु भएको छ । ७५ जना बेपत्ता भएका छन् । तर, जिल्ला जिल्लाबाट रातीसम्मको तथ्याङ्क आइनसकेकाले मर्ने र वेपत्ताको संख्या अझै बढ्न सक्ने मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र प्रमुख ढंकनाथ ढकालले जानकारी दिए ।
देशका विभिन्न क्षेत्रमा वर्षासँगै बाढी र पहिरोमा सयौं बेपत्ता छन् भने हजारौं घरबारविहीन भएका छन्। ठाउँठाउँमा सडक यातायात, बिजुली, टेलिफोनलगायत दैनिक आधारभूत सेवा ठप्प हुँदा जनजीवन कष्टकर भएको छ। पूर्वी क्षेत्रमा बिहीबार रातिदेखि वर्षा थामिए पनि मध्यपश्चिम र सुदूरपश्चिममा अझै जारी रहेको छ । अविरल वर्षाका कारण कैलाली जिल्लाको पूर्वी क्षेत्रका झण्डै ७०० घरपरिवार डुवानमा परेका छन् । बाढीका कारण हजारौ विस्थापित भएका छन् । बालवालीका, जेष्ठ नागरिक र विरामी सबैभन्दा बढी मारमा परेका छन् ।