पर्यटनविद् झलक थापा सहित ४ जना पर्यटन अभियनता सम्मानित


पोखरा ३१, साउन

पर्यटनविद् झलक थापा सहित ४ जना पर्यटन अभियनता सुक्रबार पोखरामा सम्मानित भएका छन ।अन्य सम्मानित हुनेहरुमा काठमाण्डौका योगेन्द्र शाक्य र टेक चन्द्र पोखरेल, सोलुखुम्बुका जिम्बा जाङबु सेर्पा रहेका छन ।

अल थ्री मिडिया घर प्रालिले सुक्रबार पोखरामा आयोजना गरेको पर्यटन अभियान पाक्षिक पत्रिकाको दोश्रो बार्षिकोत्सव, पर्यटन न्युज डटकम डिजिटलको पत्रिका शुभारम्भ तथा पर्यटन अभियनता सम्मान कार्यक्रमको अवसरमा थापा सहित अन्य पर्यटन अभियनतालाई सम्मान गरीएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत, पत्रिकाका सम्पादक सुनिल कोईरालाले सम्मान पत्रको साथमा माला तथा खादा लगाएर सम्मान गरेका हुन । पर्यटनको क्षेत्रमा उल्लेखनिय योगदान पुराएको भन्दै उनीहरुलाई सम्मान गरीएको कोईरालाले जनाए । कास्कीका प्रमुख जिल्ला अधिकारी राउतले नेपालको पर्यटनको राम्रो सम्भावना भएर पनि अन्तराष्ट्रिय क्षेत्रमा मार्केटीङ गर्न नसकिएको बताए ।

साहित्यकार सरुभक्तले पयर्टन अभियान पत्रिकाको निरन्तरताको कामना गर्दै पर्यटन सम्बन्धि गजल तथा कविता समेत वाचन गरेका थिए ।टानका केन्द्रीय अध्यक्ष रमेश धमलाले यति वेला पर्यटन बोर्डमा क्यान्सर लागेको बताए ।पर्यटन वोर्डमा लागेको क्यानसर रोग उपचार गर्ने कुनै अस्पताल नभेटिएको बताउदै वोर्डका समस्याले समग्र पर्यटन व्यावसायलाई असर पारेको बताए । डिमियासंग पर्यटन प्याकेज ल्याउने तयारी भएको बताउदै धमलाले सरकारी निकायले निजि क्षेत्रलाई कदर गर्न आग्रह गरे ।

 

 
विवाहित महिला सुन्दरी प्रतियोगितामा

दिननाथ बराल
पोखरा ३०, साउन

पोखरामा विवाहित महिलाहरुको छौटौ संस्करण सुन्दरी प्रतियोगिता शनिबार भोलि आयोजना हुने भएको छ । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालको आयोजनामा मिसेस तीज प्रतियोगिता २०७१ मा १५ जना फाइनल चरणमा रहेको सुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष पम्फा पहारीले बताईन ।

१८ देखि ५० बर्ष उमेर समुहका विवाहित १९ जना सहभागिबाट फाईनल चरणमा १५ जना रहेको पहारीले बताईन । प्रतियोगिहरुको प्रतिभा तिर्खान एक महिने प्रशिक्षण आयोजना भएको प्रतियोगिता संयोजक संगिता पाण्डेले बताईन ।

विवाहित महिलाहरुलाई अवसर प्रदान गरी उनीहरुको प्रतिभा प्रस्फुटन गर्न पनि
प्रतियोगितालाई निरन्तरता दिदै आएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन प्रतिनिधि परिषदका परिषद प्रमुख मिना गुरुङले बताईन ।

मुख्य प्रायोजक लायन्स क्लव अफ पोखरा आगनका अध्यक्ष महिला उद्यमी ममता गुरुङ रहेकी छन भने सह प्रयोजकमा स्याङजा सुनचाँदी पसलका संचालक बलबहादुर सेन्चुरी रहेका छन ।प्रतियोगिताको कोरीयो ग्राफिममा रबिन्द्र बज्रचार्य रहेका छन भने प्रतियोगिताको डान्सरमा पुनम गुरुङ रहेकी छन ।

प्रतियोगितामा विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार, सेकेण्ड रनर अफलाई ५ हजार र दर्शक छनौटलाई ५ हजार र मोस्ट ट्यालेन्टको टाईटल विजेतालाई ३ हजार पुस्कार प्रदान गरीने भएको छ ।